‘महिलाले राम्रै काम गरे पनि प्रशंसा कमै हुन्छ’
मुलुकको सात दशकको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी लीलादेवीको ‘पोजिसन’ले सरकारी स्कुल पढेर पनि लोक सेवा उत्तीर्ण गरी उच्च पदमा पुग्न सकिन्छ भन्ने उदाहरण दिएको छ ।
विकास पालिखे, प्रबन्ध–निर्देशक, भाष्कर ट्रेकिङ स्पावेक कस्मेटिक्स
वाटरप्रुफ सौन्दर्य प्रसाधन के हो ?
वर्षा होस् वा गर्मी अथवा स्वीमिङ खेल्दा नै किन नहोस् लामो समय टिक्ने सौन्दर्य प्रसाधनलाई वाटरपु्रफ सौन्दर्य प्रसाधन भनिन्छ । यो लङलास्टिङ हुन्छ । पानीले नपखाल्नु, पसिनाले नबिगार्नुका साथै लामो समयसम्म पौडी खेल्दा पनि नबग्नु यसका विशेषता हुन् ।
यसका फाइदा के–के छन् ?
सन प्रोटेक्सन, लङलास्टिङ, पानी वा पसिनाले नबिगार्नु, नलत्पतिनु तथा लामो समयसम्म आत्मविश्वास कायम राख्नु ।
बेफाइदा ?
यो प्राकृतिक मेकअप सहजै रिमुभ हुँदैन । क्लिन्जर अथवा मेकअप रिमुभरले मात्र छाला पूर्णरूपमा सफा हुन्छ ।
नेपालमा वाटरप्रुफ सौन्दर्य प्रसाधनको बजार कस्तो छ ?
यसको माग वृद्धि हुँदै गएको छ । मनसुन तथा गर्मीमा करिब ८० प्रतिशतले वाटरपु्रफ सौन्दर्य प्रसाधन खोज्छन् । विशेषत: टिएजर्सहरू वाटरप्रुफ मस्कारा, आइलाइनर तथा लिपिस्टिक प्रयोग गर्छन् ।
यस्ता प्रसाधन कुन उमेर समूहकाले बढी प्रयोग गर्छन् ?
विशेषत: टिनएजर्स तथा कामकाजी महिलाहरूले जसलाई कम्तीमा ८ घन्टा मेकअप टिकाउनु छ ।
वाटरपु्रफ सौन्दर्य प्रसाधन प्रयोग गर्नुअघि यी कुरा जानिराखौं