Successfully Copied

महिलामा देखिने क्यान्सर

क्यान्सर रोग लाग्नबाट बच्न महिलाले प्रत्येक वर्ष अन्य जाँच गरेजस्तै स्तनको मेमोग्राम र पाठेघरको मुखको जाँच जसलाई प्यापस्मेयर गर्नुपर्छ ।

प्रमिता खनाल

अध्यक्ष, नेपाल क्यान्सर सर्भाइभर सोसाइटी

महिलामा देखिने मुख्य क्यान्सर कुन हो ? 

स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर नै मुख्य हुन् । 

क्यान्सर रोगका मुख्य कारण के हुन् ?

वंशानुगत, खानपान, जीवनशैली, वातावरण प्रदूषण, धूम्रपान र मद्यपान नै मुख्य कारण हुन् । 

क्यान्सर रोग लाग्नबाट बच्ने उपायहरू के–के हुन सक्छन् ?

क्यान्सर रोग लाग्नबाट बच्न महिलाले प्रत्येक वर्ष अन्य जाँच गरेजस्तै स्तनको मेमोग्राम र पाठेघरको मुखको जाँच जसलाई प्यापस्मेयर गर्नुपर्छ । अझ ४० वर्ष उमेर कटेका महिलाका लागि यो अनिवार्य गर्नुपर्छ । अर्को कुरा महिलाहरूले आफ्नो स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्छ भने जनचेतना जरुरी छ । स्कुलका बालबालिकालाई पनि यसबारे चेतना जगाउनु जरुरी छ । भरसक विद्यालयले यसलाई पाठ्यक्रममै समावेश गर्नुपर्छ । 

क्यान्सर रोग लागिसकेको उपचारबारे बताइदिनुस् न ? 

सुरुको अवस्थामा क्यान्सरको पहिचान हुन सके यो निको हुन्छ । सही समयमा रोगको पहिचान हुनुपर्छ र नियमित फलोअप रुटिनमा बस्नुपर्छ । 

तपाईंको संस्थाको मुख्य काम के हो ? 

संस्थाको मुख्य काम परामर्श दिनु हो । यसमा क्यान्सर पत्ता लागेकाहरूलाई क्यान्सर निको भएकाहरूले परामर्श दिन्छन् । यसबाट बिरामीको आत्मबल बढ्ने गरेको छ । यसैगरी सोसाइटीले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्छ । विभिन्न क्रियाकलापमार्फत क्यान्सरसम्बन्धी जनचेतना जगाउने काम संस्थाले गर्छ । समुदायसँग मिलेर सचेतनाका काम गर्छौं । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई कसैले सहयोग गर्न चाहन्छ भने त्यसका लागि यो संस्था सहजकर्ताको भूमिका निर्वाह गर्छ । 

(प्रमिता नेपाल क्यान्सर सर्भाइभर सोसाइटीकी अध्यक्ष हुन् ) 

 Image