होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।

सुवास घिमिरे
दन्त चिकित्सक, ओम समाज डेन्टल
बुद्धि बंगारा के हो ?
दाँतको लहर पछाडिको दाँत बुद्धि बंगारा हो । यो विशेषगरी १५ वर्षदेखि २५ वर्षसम्मका युवामा बढी आउँछ । १५ वर्ष उमेरभित्र सबै स्थायी दाँत आइसक्छन् । तर, १७ वर्षदेखि २५ वर्षसम्म आउने बाँकी दाँत बुद्धि बंगारा हो ।
बुद्धि आउने कुरासँग पनि यसलाई जोडिएर हेरिन्छ नि ?
बुद्धि आउने समयमा युवावस्थामा आउने भएकाले यसलाई बुद्धि बंगारा नाम दिएको हुनसक्छ । तर, यो बुद्धि आउने कुरासँग कुनै अर्थ राख्दैन । यसो भन्नुमा कुनै वैज्ञानिक र प्रमाणित तथ्य छैन । यो परम्परागत भ्रम मात्रै हो ।
बुद्धि बंगारा आउँदा किन धेरै समस्या हुन्छ ?
यो दाँत आउँदा धेरैलाई दुख्ने र सुन्निने समस्या हुन्छ । बुद्धि बंगारा आउने समयसम्म सबै दाँत आइसकेका हुन्छन् । बुद्धि बंगाराले पर्याप्त स्थान पाउँदैन । बढ्ने ठाउँ नभएका कारण यो दाँत कहिले हड्डीभित्र पसेर उम्रन्छ त कहिले गालातिर छड्के भएर उम्रन्छ । यसले गर्दा गिजा सुन्निने, ज्वरो आउनेजस्ता समस्या देखा पर्छन् ।

यसको दुखाइबाट कसरी छुटकारा पाउन सकिन्छ ?
यो बंगारा आउँदा दुख्ने प्रक्रिया सामान्य हो । अति दुःख दिएपछि मात्रै चिकित्सकसँग सल्लाह लिने चलन छ । यो एकदमै गलत हो । यसको दुखाइ कम गर्न समय–समयमा चिकित्सकलाई देखाउनुपर्छ । दाँतका कारण समस्या भएमा निकालेर फाल्न सकिन्छ ।
यो दाँतको काम छैन भन्ने मान्यता छ नि, के साँच्चिकै यो दाँतको आवश्यकता हुँदैन ?
हो, बुद्धि बंगारको काम केही हुँदैन । मानिसलाई दुःख मात्र दिन्छ । पछिल्लो समय यसलाई फाल्ने चलन बढ्दै गएको छ । विदेशमा धेरै ठाउँमा पहिलेदेखि नै फाल्ने गरिन्छ । तर, नेपालमा यो दाँत फाल्नु हुँदैन भन्ने मान्यता छ । स्वदेशमा चिकित्सकको सल्लाह नमान्नेहरू विदेशबाट फर्किएर बंगारा फाल्नेहरूको संख्या बढ्दै गएको छ । यो दाँतले अति दुःख दिए मात्रै डाक्टरसमक्ष जाने चलन नेपालीमा छ । यो बंगारा फाल्दा कुनै समस्या हुँदैन । बुद्धि बंगारा ढुक्क भएर फाल्दा हुन्छ ।