Successfully Copied

पसिना आउनु छालाका लागि राम्रो

स्वस्थ छालाका लागि पसिना आउनु जरुरी भएको विज्ञको धारणा छ ।

२० वर्षीया उर्मिला केसीको शरीरमा बढी पसिना आउँछ । पसिनाका कारण उनलाई कतिपय समारोहमा जान कठिन हुन्छ । उर्मिलाको जस्तो समस्या धेरैलाई परेको हुनसक्छ । गर्मी मौसममा धेरैको शरीरमा पसिना आउँछ । स्वस्थ छालाका लागि पसिना आउनु जरुरी भएको विज्ञको धारणा छ ।

कतिपय मानिसमा पसिनाले छाला तैलीय बनाउँछ र सबै छिद्र बन्द गर्छ भन्ने बुझाइ छ । यो गलत हो । पसिना नआउँदा पहिले नै भरिएको छिद्र र छालामा ब्ल्याकहेड्स बन्ने सम्भावना रहन्छ ।

गर्मीमा पसिना धेरै आएमा तिर्खा पनि बढी लाग्छ । पानी पनि बढी नै पिइन्छ । यसले शरीर हाइड्रेड बनाइरहन्छ र छालामा पनि फाइदा पुर्‍याउँछ । पसिनाले छालामा पुर्‍याउने फाइदा निम्नानुसार छन् :

- पसिनाले शरीरमा भएका टक्सिन निकाल्न सहयोग पुर्‍याउँछ ।

- शरीरको सबै हानिकारक पदार्थ बाहिर निकाल्न मद्दत गर्छ ।

- टक्सिन पसिनाका रूपमा बाहिर ननिस्किदा छालामा नोक्सान पुर्‍याई ब्ल्याकहेड्स तथा तिलकोठी आउने सम्भावना रहन्छ ।

- पसिना आउँदा शरीरबाट मिनरल्स र प्राकृतिक नुन निस्कन्छ । यसले एक एक्सफोलियटको काम गर्छ ।

- यसले रोमछिद्र सफा गरी छालामा जमेको फोहोर सफा गर्नुका साथै सुख्खा छाला तथा एलर्जीको समस्या पनि कम गर्छ ।

- अनुहारमा जमेको फोहोर सफा गर्छ र पसिनाले शरीरको फोहोर तथा मृत छालाका कोषिका बाहिर निकालेर छाला सफा बनाउँछ ।

- पसिनाका कारण छालाले फ्रेस महसुस गर्छ । कुनै पनि वर्क आउट तथा छिटो–छिटो हिँडेको एक घन्टापछि ऐनामा हेरेमा छालामा एक किसिमको चमक देखिन्छ । यही पसिनाले नै छालामा जमेको फोहोर सफा गर्छ ।

 Image