Successfully Copied

पाठेघरको मुखको क्यान्सर

जनवरी महिनालाई विश्वभरी पाठेघरको मुखको क्यान्सर विरुद्ध जनचेतना फैलाउने महिनाको रुपमा विभिन्न कार्यक्रम गरेर मनाईन्छ ।

डा. अरुण शाही, क्यान्सर रोग विशेषज्ञ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

जनवरी महिनालाई विश्वभरी पाठेघरको मुखको क्यान्सर विरुद्ध जनचेतना फैलाउने महिनाको रुपमा विभिन्न कार्यक्रम गरेर मनाईन्छ । महिलाहरुमा हुने क्यान्सरहरुमा पाठेघरको मुखको क्यान्सरको समस्या विश्वमै तेस्रो स्थानमा पर्छ । नेपालमा भने यो पहिलो नम्बरमा पर्छ । विश्व स्वास्थ संगठनका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरको कारणले प्रत्येक दिन पा“चजना महिलाको मृत्यु हुने गरेको छ ।

के कारण यो क्यान्सर हुन्छ ?

एचपिबी भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर हुने गर्छ । यसैगरी कम उमेरमै बिहे गर्नु र बच्चा जन्माउनु पनि यसको कारक तत्व हुन् । अपरिपक्व अवस्थामा यौनसम्बन्ध राख्नु, व्यक्तिगत सरसफाइको कमीका कारण पनि यो क्यान्सर हुने गर्छ । धेरैजना यौन पार्टनर हुनु र यौन रोगले गर्दा पनि यो क्यान्सर रोग लाग्ने गर्छ । धुम्रपान पनि एउटा कारक हो । कतिपयले आर्थिक अभावका कारणले स्वास्थ्य परीक्षण गराउन सक्दैनन् यो पनि एक कारण हो ।

के कस्ता हुन्छन् यसका लक्षण ?

– कतिपयको यौनसम्पर्कपछि रगत बग्ने , योनीबाट आवश्यकताभन्दा बढी पानी बग्ने, योनांग दुख्ने–पोल्ने जस्ता लक्षण देखापर्छन् ।

 रोकथाम कसरी गर्ने ?

पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपिबी भ्याक्सिन दिनुपर्छ । एचपिबी भ्याक्सिन ९ देखि २६ वर्षको उमेरमा लिन सकिन्छ । ११ देखि १३ वर्ष उमेरमा यो भ्याक्सिन लिनु उत्तम मानिन्छ । नेपालमा गाडासेल भ्याक्सिन चल्तिमा छ । भ्याक्सिन मात्र यो समस्याबाट जोगिने उपाय नभएपनि धेरै हदसम्म कम गर्न भने सकिन्छ । भ्याक्सिनको साथै रोकथामका उपाय पनि अपनाउनु पर्छ । यसका लागि स्क्रिनिङ गर्नुपर्छ । स्त्रीरोग विशेषज्ञस“ग परीक्षण गराउनुपर्छ । २१ देखि २९ वर्ष उमेरका महिलाले हरेक ३ वर्षमा १ पटक स्त्रीरोग विशेषज्ञस“ग प्याप स्मेयर परीक्षण गराउनुपर्छ । ३० देखि ६५ वर्षका महिलाले प्याप स्मेयर र एचपिबी डिएनए परीक्षण गरेको भए ५ वर्षमा १ पटक परीक्षणको लागि जानुपर्छ । प्याप स्मेयर मात्र गराउने भए ३ वर्षमा १ पटक गराउनु उपयुक्त हुन्छ ।

पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारण नै एचपिबी भाईरस भएकाले यो भाइरस असुरक्षित यौन सम्पर्कले हुने गर्दछ । सुरक्षित यौन सम्पर्क र यो भाइरस विरुद्धको भ्याक्सिन प्रयोग गरेमा यो क्यान्सरलाई उन्मूलन गर्न सकिन्छ ।

 Image