होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।

लकडाउन केही खुकुलो भएसँगै सर्वसाधारण घरबाहिर निस्कने क्रम बढेको छ । यतिबेला सार्वजनिक यातायातका साधन पनि चलेका छन् । दिनानुदिन कोरोना संक्रमितको संख्या बढिरहेकै छ । घरबाहिर निस्कने धेरैले मास्कको प्रयोग त गर्छन् । तर, कस्तो मास्क प्रयोग गर्नेबारे धेरैलाई अझै थाहा छैन । नेपाल नेसनल हस्पिटलका वरिष्ठ छाती रोग विशेषज्ञ डा.प्रकाश पौडेलका अनुसार मास्क लगाउँदा सामान्यभन्दा पनि सर्टिफाइड एन–९५ मास्क लगाउनु उपयुक्त हुन्छ । यो मास्कले अत्यन्त सूक्ष्म कण पनि छेक्न सक्ने पनि उनको भनाइ छ ।
कसरी प्रयोग गर्ने मास्क ?
अहिले कोरोना भाइरस संक्रमणबाट जोगिन सबैले मास्क लगाउने गरेका छन् । मास्क नलगाई हिँडेमा संक्रमण रोग ऐन २०२० को दफा (२) बमोजिम सय रुपैयाँ जरिवानासमेत तिराएको खबर सार्वजनिक भएका छन् । मास्क लगाए पनि कतिपयले यसको सही प्रयोग भने गरेको पाइँदैन । केहीले टाउकोमा, निधारमा मास्क लगाउने गर्छन् । यसैगरी हातमा, घुँडामा झुन्ड्याउने र अन्य व्यक्तिसँग कुराकानी गर्दा मास्कलाई चिउँडोमा पुर्याउने गर्छन् । मास्कको उचित प्रयोग गर्नुपर्ने धारणा डा. पौडेलको छ । उनका अनुसार मास्कको सही प्रयोग नगर्दा संक्रमणको खतरा उत्तिकै रहन्छ । नाक तथा मुख राम्रोसँग छोपिने गरी मास्क लगाउनुपर्छ । मास्कले कोरोना भाइरस संक्रमण मात्र नभई अन्य संक्रमणबाट पनि बचाउने गर्छ । मास्कको प्रयोग गरेमा खोक्दा, हाँच्छ्यु गर्दा निस्कने थुकका छिटा अर्को मानिसमा सर्नबाट रोक्छ । त्यसैले सबैले मास्कको सही प्रयोग गर्नु उपयुक्त हुन्छ । घरबाट बाहिर निस्कँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्छ । मास्क लगाउनुअघि साबुनपानीले हात धुने, मास्कमा प्वाल परे नलगाउने, मास्क खुकुलो छ भने अर्को मास्क लगाउनुपर्छ ।
के हो ‘मास्कने’ ?
चिकित्सक, स्वास्थ्य सेवामा कार्यरत र अन्यले धेरै बेर मास्कको प्रयोग गर्ने गरेका छन् । धेरै समयसम्म मास्कको प्रयोग गर्दा छालामा विभिन्न समस्या देखापरेको लाभना स्किन एन्ड हेयर क्लिनिक, महाराजगन्जकी प्रा. डा. सबिना भट्टराई बताउँछिन् । हुन त अहिले मास्कबिना हिँड्ने र काम गर्ने अवस्था छैन तर पनि धेरै समय यसको प्रयोग गर्दा कतिपयमा मास्क लगाएको भाग गुम्सिँदा इरिटेसन हुने, एलर्जी हुने, डन्डिफोर आउने गर्छ । यसलाई ‘मास्क एक्ने’ वा ‘मास्कने’ भनिन्छ । धेरै बेरसम्म मास्क लगाउँदा एलर्जी भई छाला च्यातिन सक्छ । यसले गर्दा ब्याक्टेरिया पनि छिर्न सक्छ । धूवाँधूलो पनि छिर्न सक्छ । यसले असर पारी अनुहारमा रातो उठेको जस्तो दुख्ने डन्डिफोर आउन सक्छ । मास्कले ढाक्ने भाग (एरिया) बाट यो घाँटी तथा चिउडोमा पनि फैलन सक्छ । अप्रेसन थिएटरमा काम गर्ने, कोरोनाको बिरामी हेर्ने चिकित्सकमा पनि मास्क धेरै समय लगाउँदा नाक वरिपरिको भाग, गाला रातो हुने गर्छ । ३/४ घन्टासम्म मास्क लगाइरहनेमा यस्तो समस्या देखिएको छ । पुरुषको दाह्री हुने भएकाले पुरुषको तुलनामा महिलामा मास्कको एलर्जी बढी देखिन्छ । सबै मास्क लगाउनेमा यो समस्या नहुन सक्छ ।
कसरी बच्ने ?
संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग गर्नुपर्ने स्थिति छ । डन्डिफोर र एलर्जीको समस्याबाट बच्नका लागि बाहिरबाट आएपछि मुख धुनुपर्छ । राति सुत्ने बेलामा मुख धुँदा केमिकलरहित सामान्य फेसवासको प्रयोग गर्नुपर्छ । यसैगरी यो मौसममा गर्मी हुने भएकाले वाटर बेस सनस्किन क्रिम, जेलयुक्त मोस्चराइजर लगाउँदा छालाको प्वाल बन्द हुँदैन । प्राकृतिक मेकअप गर्नु उपयुक्त हुन्छ । छालालाई रगडेर स्क्रब गर्नुहुँदैन । भीडभाडमा मास्कको प्रयोग गर्नुपर्छ । खुल्ला र सामाजिक दूरी कायम रहेको अवस्थामा मास्क नलगाउँदा पनि हुन्छ । एउटै मास्क पटक–पटक लगाउनु हुँदैन । मास्कले एलर्जी भएको ठाउँमा माइल्ड मोस्चराइजर लगाउनुपर्छ । धेरै नै एलर्जी भएमा सम्बन्धित चिकित्सककहाँ उपचार गराउनुपर्छ ।
जानकारी
- मास्कको प्रयोग र अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किएकाले गत वर्षका तुलनामा फ्लुको बिरामीको संख्या कम भएको छ ।
- सामाजिक दूरी र पटक–पटक हात धुने बानीका कारण सरुवा रोगका बिरामी पनि कम भएका छन् ।
- कपडाको मास्क एकपटक प्रयोग गरिसकेपछि राम्रोसँग धोएर मात्र लगाउनुपर्छ ।
- चस्मा लगाउने मानिसलाई मास्कका कारण केही अप्ठ्यारो परेको छ । मास्क लगाउँदा चस्मामा वाफ भरिन सक्छ । चस्मा लगाउने मानिसले मास्क लगाएपछि मात्र चस्मा लगाउँदा समस्या कम हुने नेत्ररोग विशेषज्ञ डा. बेन लिम्बू बताउँछन् ।
- यसैगरी मास्कमा माथिबाट सेतो टेप लगाएर पनि चस्मा लगाउन सकिन्छ । चस्मा समय–समयमा टिस्यु पेपरले सफा गर्नुपर्छ । कम बाफ लाग्ने चस्मा पनि पाइन्छन्, तिनको पनि प्रयोग गर्न सकिन्छ ।
- अहिले सबैजना त्रसित भएर २४ सै घन्टा मास्क लगाउने गर्छन् । गाडी चलाउँदा एक्लै भएमा, घरभित्र भने मास्कको प्रयोग नगर्दा पनि हुन्छ ।