Successfully Copied

पाठेघरको मुखको क्यान्सर हुन नदिन  के गर्ने ? 

डा. अरुणका अनुसार नेपाली महिलामा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर हुने गर्छ । यो क्यान्सर १ नम्बरमा पर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार पाठेघरको मुखको क्यान्सरले गर्दा प्रत्येक दिन पाँच जना महिलाको मृत्यु हुन्छ ।

कोटेश्वरकी ४० वर्षीया हरिकला शर्मा (नाम परिवर्तन) लाई रक्तश्राव धेरै हुने गथ्र्यो । उपचार गराउँदा उनमा पाठेघरको समस्या देखियो । पछि उनलाई पाठेघरको क्यान्सर भएको पत्ता लाग्यो । सुरुको अवस्थामा पत्ता लागेकाले उनको उपचार संभव भएर अहिले क्यान्सरमुक्त जीवन यापन गरेकी छिन् । हरिकलाको जस्तो समस्या अन्य महिलालाई पनि देखा पर्न सक्छ । रोग नलुकाई समयमै उपचार गराएमा पूर्ण रुपमा निको हुने क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही बताउँछन् ।  

डा. अरुणका अनुसार नेपाली महिलामा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर हुने गर्छ । यो क्यान्सर १ नम्बरमा पर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार पाठेघरको मुखको क्यान्सरले गर्दा प्रत्येक दिन पाँच जना महिलाको मृत्यु हुन्छ । सुरुको अवस्थामा पत्ता लागेमा यसको उपचार शत प्रतिशत छ । यसबाट बच्नका लागि भने ध्यान पुर्‍याउनैपर्छ ।  

                  डा. अरुण शाही, क्यान्सर रोग विशेषज्ञ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान 

पाठेघरको मुखको क्यान्सर हुने कारण र लक्षण 

– पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारण ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) हो । विश्व

स्वास्थ्य संगठनको अध्ययनबाट पनि यो कुरा प्रमाणित भइसकेको छ । 

– महिनावारीको बीच–बीचमा पनि रक्तश्राव हुनु । 

– सानै उमेरमा विवाह हुनु र बच्चा जन्मनु ।

– धेरैजना यौन पार्टनर हुनु । योनीबाट गन्हाउने पानी बग्नु । पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न भ्याक्सिन दिनु जरुरी छ । ९ देखि २६ वर्ष उमेरका महिलालाई भ्याक्सिन दिन सकिन्छ । 

९ देखि १५ वर्ष उमेरका केटीलाई दुई डोज भ्याक्सिन (कार्डासिल) दिन सकिन्छ । १५ देखि २६ वर्ष उमेरका युवतीलाई भने तीन डोज भ्याक्सिन दिनुपर्ने हुन्छ । भ्याक्सिन दिएमा पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । 

भ्याक्सिन दिइसकेपछि पनि २१ वर्षका उमेरभन्दा माथिका महिलाले स्क्रिनिङ पनि गर्नुपर्छ । सर्वमान्य प्याप स्मेयर स्क्रिनिङ गर्नुपर्छ । २१ वर्षदेखि ६५ वर्षका महिलाले प्रत्येक तीन वर्षमा एकपटक प्याय स्मेयर टेस्ट गराउनुपर्छ । एचपिभी भाइरस डिएनए टेस्ट गराउन मन लागेमा ३० वर्ष उमेर पुगेपछि प्रत्येक पाँच वर्षमा एकपटक गराउन सकिन्छ । एकभन्दा बढी यौन पार्टनर राख्नुहुँदैन । भ्याक्सिन लिएको र उमेर पुगिसकेपछि प्याप स्मेयर स्क्रिनिङ गरेमा पाठेघरको मुखको क्यान्सरमुक्त समाजको कल्पना गर्न सकिन्छ । 

 Image