Successfully Copied

            कोभिड-१९ महिलाहरुको जिज्ञासा र जानकारी

गर्भवती बसोबास गर्ने क्षेत्रको आधारमा कोभिड-१९ जाँच सम्बन्धी प्रोटोकल र योग्यता फरक पर्न सक्छ । तथापि विश्व स्वास्थ्य संगठनको अनुसार कोभिड-१९ का लक्षण देखापरेका गर्भवती महिलालाई जाँचका लागि प्राथमिकता दिनुपर्छ । कोभिड-१९ देखापरेमा उनीहरुलाई उच्चस्तरीय स्याहारको आवश्यकता पर्न सक्छ ।

अहिले संसारभरका मानिसको मन मस्तिस्क कोरोनाको डरले खलबलिएको छ । दैनिकी असहज भएको छ । परिस्थितिले गर्दा अनेक किसिमका शंका उपशंका तथा नैराश्यता पनि छाएको छ । मन अशान्त गराइ रहने आफ्ना अनेक खुल्दुलीको उत्तर माग्न कहाँ जाउँ ? कोसँग सोधौँ त्यो पनि थाहा छैन । सामान्य उपचार गर्न पनि कहाँ जाने, कसरी गराउने ? जस्ता अन्योल धेरै मानिसबीच छ । विपतको मार सबैले भोग्नु पर्छ । अझ महिला र केटाकेटीले बढी झेल्नु परेकोे हुन्छ । असहज परिस्थितिका बेला आफूमाझ आइपरेको सामान्य कुराको जानकारी समेत सही रुपमा पाउन नसक्दा मन त्रसित हुन्छ ।  महामारीको यस्तो अवस्थामा आफना परिस्थितिसँग डराउने, विचलित हुने र हरेस खाने जस्ता मनस्थितिले ठूलो हानी पु¥याउन सक्छ । 

कोराना भाइरसले अमेरिका, बेलायत, स्पेन इटाली चीन जस्ता अतिविकसित राष्ट्रमा समेत संक्रमितको उपचार हुन नसकी हजारौको संख्यामा मानिस मरिरहेका छन् । रुस, भारत जस्ता देशमा संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । कोरोनाको यो ज्यादती अरु बेलाको जस्तो ‘भाइरस हरेक वर्ष आउँछ, २,४ हजार मानिस ढालेर आफै हराउँछ’ भन्ने रहेन । यसको आतंक केही समय कायम रहने देखिन्छ ।   

कोरोना भाइरस महामारीको अहिलेको समयमा विश्वभरका हरेक मानिसका योजना अन्योलमा परेका छन् । अझ आमा बन्ने योजना बनाइरहेका तथा भर्खर आमा भएका महिलाहरुमा यसले अर्को एउटा पिरलो थपिदिएको छ । महामारीको बेला गर्भवती हुन हुन्छ कि हुँदैन ? यो भाइरसले गर्भवती, सुत्केरी तथा तिनले स्तनपान गराइरहेका शिशुको स्वास्थ्यमा कस्तो असर पार्ला ? यो समयमा गर्भवती, सुत्केरी तथा साना शिशुका आमाले अपनाउनु पर्ने सावधानी के होला ? भन्ने जस्ता सोच तथा चिन्ता पनि धेरैको मनमा आएको छ । 

कोभिड–१९ नयाँ किसिमको भाइरस हो । यस बारेमा अनुसन्धान भइरहेका छन् । तर बुझ्नु पर्ने यथार्थ कुनै पनि समस्या आउँदा त्यसको अन्त्य पनि निश्चितै आएको हुन्छ । यसका लागि केही प्रयास र संघर्ष होलान् तर समस्या सदाका लागि रहदैनन् । त्यसैले गर्भधारणका लागि योजना बनाइरहेका  दम्पत्तिले कोभिड–१९ को यो विपतका बेला शुरु गर्नु भन्दा केही समय पछि गर्नु राम्रो हुने कुरा डाक्टरहरु सुझाउँछन् । यसो भन्दैमा अहिले गर्भ रहेकाहरु खतरा छन् भन्ने होइन । कोरोना महामारीको यो समय झन्झटिलो र अनिश्चित भएका कारणले केही समय कुर्ने सुझाव मात्र हो ।   

जो महिला गर्भवती छन्, उनीहरुले के गर्ने त ? गर्भावस्थामा महिलाको प्रतिरोधात्मक क्षमता सामान्य अवस्थामा भन्दा कम हुने भएकाले आफ्नो स्वास्थ्यको ख्याल सामान्य अवस्थामा भन्दा बढी गर्नु पर्छ । यतिबेला सामान्य मानिसलाई अपनाउन सुझाएका व्यवहार गर्भवती महिलाले पनि अनिवार्य पालना गर्नु पर्छ । यस बाहेकका थप केही सावधानी पनि गर्भवती तथा सुत्केरी महिलाले अपनाउनु पर्ने हुन्छ ।  

यिनै कुरालाई मध्यनजर गरी कोभिड‐ १९ का सन्दर्भमा गर्भावस्था, प्रसव(अवस्था, स्तनपान तथा  आवश्यक स्याहारका सम्बन्धमा धेरै मानिसबाट राखिएका जिज्ञासा तथा विश्व स्वास्थ्य संगठनले दिएको जानकारी यहाँ प्रस्तुत छन् :  

गर्भवती महिला कोभिड-१९ संक्रमणको उच्च जोखिममा हुन्छन् ?

– गर्भवती महिलामा कोभिड-१९ संक्रमणको असर बुझ्नका लागि अनुसन्धान जारी छ । सीमित तथ्यांकका कारण, अहिलेको अवस्थामा जनसमुदायभन्दा उनीहरु उच्च जोखिममा हुन्छन् भन्ने कुराको कुनै ठोस प्रमाण छैन । तथापि शारीरिक र रोग प्रतिरोधात्मक प्रणालीमा हुने परिवर्तनका कारण, गर्भवती महिला श्वास–प्रश्वाससम्बन्धी जटिल संक्रमणबाट गम्भीर रुपमा प्रभावित हुन सक्छन् । तसर्थ कोभिड-१९ बाट आफूलाई बचाउन, उनीहरुले सावधानी अपनाउन र सम्भावित लक्षण (ज्वरो, खोकी, सास फेर्न गाह्रो भए) देखिएमा स्वास्थ्यकर्मीलाई रिपोर्ट गर्न जरुरी छ ।

कोभिड-१९ बाट गर्भवतीले कसरी सुरक्षित राख्न सक्छन् ?

– कोभिड-१९ को संक्रमणबाट जोगिन अन्य व्यक्ति सरह सबै सावधानी गर्भवतीले पनि अपनाउनु पर्छ । आफ्नो सुरक्षाका लागि गर्भवतीले निम्न कुराहरु गर्नुपर्ने हुन्छ स्

– साबुन तथा ह्यान्ड वासले बारम्बार हात धुने ।

– आफू र अन्य व्यक्तिबीच दूरी कायम राख्ने । 

– आफ्नो आँखा, नाक र मुख हातले नछुने । 

– श्वास–प्रश्वास सम्बन्धी सरसफाईको अभ्यास गर्ने । जस्तो कि खोक्दा वा हाँच्छियु गर्दा नाक र मुखलाई कुहिनो वा रुमालले छोप्ने । त्यसपछि प्रयोग भएको रुमालको उचित बिसर्जन गर्ने ।

– गर्भवतीलाई ज्वरो आए, खोकी लागे वा सास फेर्न गाह्रो भएमा तुरुन्त उपचार गराउनुपर्छ । स्वास्थ्यसंस्था जानु अघि फोनमा सम्पर्क गर्नुपर्छ र स्वास्थ्य संस्थाले दिएको सल्लाह पालना गर्नु पर्छ । 

गर्भवतीलाई कोभिड-१९ को जाँच गराउनुपर्छ ?

– गर्भवती बसोबास गर्ने क्षेत्रको आधारमा कोभिड-१९ जाँच सम्बन्धी प्रोटोकल र योग्यता फरक पर्न सक्छ । तथापि विश्व स्वास्थ्य संगठनको अनुसार कोभिड-१९ का लक्षण देखापरेका गर्भवती महिलालाई जाँचका लागि प्राथमिकता दिनुपर्छ । कोभिड-१९ देखापरेमा उनीहरुलाई उच्चस्तरीय स्याहारको आवश्यकता पर्न सक्छ ।

कोभिड-१९ को संक्रमण आमाबाट उनको पेटमा भएको बच्चा वा नवजात शिशुमा सर्न सक्छ ?

– गर्भवती आमाबाट कोभिड-१९ को संक्रमण उनको पेटमा भएको बच्चा वा भर्खरै जन्मेको नवजात शिशुमा सर्न सक्छ भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन । हालसम्म यो भाइरस गर्भे(पानी वा आमाको दुधको जाँच गर्दा देखापरेको छैन ।

गर्भावस्था र प्रसूतीको समयमा के-कस्ता स्याहार उपलब्ध हुनुपर्छ ?

– गर्भवती महिलाले जस्तै कोभिड-१९ संक्रमणको पुष्टि भएका वा आशंका गरिएका आमा लगायत अन्य सबै गर्भवती महिलाले प्रसूती र त्यसपछिको समयमा गुणस्तरीय स्याहारको उपभोग गर्न पाउनु उनीहरुको नैसर्गिक अधिकार हो । यसमा गर्भावस्थाको जाँच, नवजात शिशु स्याहार, प्रसव पछि गरिने स्याहार र मानसिक स्वास्थ्य सम्बन्धीका स्याहार पर्दछन् ।

सुरक्षित र सकारात्मक प्रसवका लागि आवश्यक कुराहरु:

– सम्मानपूर्ण र मर्यादित ढंगले उपचार र स्याहारको उपभोग गर्न पाउनु । 

 – प्रसूतीको समयमा आफूले चाहेको व्यक्तिलाई आफ्नो साथ राख्न पाउनु । 

–  बुझिने भाषामा प्रसूती कक्षका स्वास्थ्यकर्मीबाट परामर्श पाउनु । 

–  दुखाईबाट छुटकाराका लागि उपयुक्त उपचार पाउन सक्नु । 

– सम्भव भए प्रसूतीको समयमा हिड्डुल गर्न पाउनु र आफूले रोजेको आसनमा प्रसूती गर्न पाउनु । 

कोभिड-१९ संक्रमण पुष्टि भएका वा आशंका गरिएका गर्भवतीलाई शिशु जन्माउन शल्य-चिकित्सा आवश्यकता पर्छ ?

– कोभिड-१९ संक्रमण पुष्टि भएका वा आशंका गरिएका गर्भवतीलाई शिशु जन्माउन शल्य(चिकित्सा आवश्यकता पर्दैन । विश्व स्वास्थ्य संगठनका अनुसार चिकित्सकीय आवश्यकता भएका अवस्थामा मात्र शल्य-चिकित्सा गर्नुपर्छ ।

कोभिड-१९ संक्रमित आमाले स्तनपान गराउन सक्छिन् ?

– कोभिड-१९ संक्रमित आमाले चाहेको खण्डमा आफ्नो शिशुलाई स्तनपान गराउन सक्छिन् । यसका लागिस् 

– स्तनपान गराउँदा श्वास–प्रश्वास सम्बन्धी सरसफाईको अभ्यास गर्ने, तथा सम्भव भएसम्म मास्क लगाउनु पर्छ । 

– शिशुलाई छुनु अघि र छोएपछि हात राम्ररी धुनुपर्छ । 

– आफूले छोएका सामानहरु नियमित रुपमा धुने । सम्भव भएमा निर्मलीकरण गर्नुपर्छ । 

कोभिड-१९ बाट संक्रमित महिलाले आफ्नो शिशुलाई छुन वा काखमा राख्न हुन्छ ?

– संक्रमित आमाले आफ्नो शिशुलाई काखमा राख्न हुन्छ । नजिकको संसर्ग र स्तनपान समयमै सुरु गर्नाले र पूर्ण रुपमा गर्नाले नवजात शिशु स्वस्थ रुपमा हुर्कन मद्दत पुग्छ । महिलालाई निम्न अवस्थामा सहयोग हुनुपर्छ स्

– सुरक्षित तरिकाले स्तनपान गराउन, श्वासप्रश्वास सम्बन्धी सरसफाईका कुराहरु पालना गर्दै । 

– आमाको नांगो छातीमा नवजात शिशुको नांगो छाती जोडी (छाला देखि छालासम्मको संसर्ग कायम) राख्न । 

– नवजात शिशुसँग एउटै कोठामा बस्न । 

– आमाले नवजात शिशुलाई छुनु अघि र छोईसकेपछि आफ्नो हात सफासँग धुनुपर्छ र सबै सामानको सरसफाईमा ध्यान पु¥याउनु पर्छ ।

कोभिड-१९ संक्रमणका कारण आमाले स्तनपान गराउन सम्भव नभएको अवस्थामा शिशुलाई कुन उपायले स्तनपान गराउन सकिन्छ ?

– कोभिड-१९ वा अन्य जटिलताका कारण आमा अशक्त भई स्तनपान गराउन नसकेको अवस्थामा, आमालाई संभव, सहज र स्वीकार्य हुने किसिमबाट शिशुलाई सुरक्षित तरिकाले आमाको स्तनपान गराउन सहयोग पु¥याउनु पर्दछ । यसका लागि स्

– आमाको स्तन निचोरेर दुध निकालेर शिशुलाई खुवाउने । 

– केही अवधि स्तनपान बन्द गरेर पुनः स्तनपान गराउने । 

– शिशुलाई अरु कुनै स्वस्थ आमाको दुध खुवाउने व्यवस्था मिलाउने ।

समग्रमा, कोरोना भाइरसको संक्रमण छिटो फैलने भएकाले यसबाट बच्न  पटक–पटक साबुन पानीले हात सफासँग धुनुपर्छ । लकडाउन खुकुलो भएपछि पनि भीडभाडमा नजाने, कम्तिमा एक मिटरको दूरी राख्ने, नाक, मुख, आँखामा हात लैजानुहुँदैन । हाँच्छियु गर्दा वा खोक्दा नाक, मुख छोप्नुपर्छ । अति आवश्यक नभई यात्रा नगर्ने जस्ता सावधानी अपनाएमा आफू पनि कोरोनाबाट बच्न सकिन्छ र अरुलाई पनि बचाउन सकिन्छ । 

(लेखिका गोल्डेन कम्यूनिटीकी प्रवन्धक हुन् )

 

 

 Image