Successfully Copied

आमाको दुधनै कोरोना बिरुद्धको उपचार हुन सक्ने 

आमाको दुधमा रहेको एन्टिबडीहरूलाई अमुनोग्लोब्लिन ए भनिन्छ । यो अनुसन्धानले कोभिड १९ लाई प्रतिरोध गर्न महिलाको दुधमा बलियो क्षमता रहेको बताउँछन् । यद्यपि थप अनुसन्धान जारी छ ।

न्यूयोर्कस्थित आइकन स्कूल अफ मेडिसिनका विज्ञहरूले हालै गरेको दावी अनुसार आमाको दुधमा शिशुलाई कोरोना संक्रमणबाट जोगाउने ठूलो सम्भावना हुन्छ । यो तथ्यांक  न्यूयोर्कका रोग प्रतिरोध क्षमता विशेषज्ञ रेबेका पावेलले आफ्नो अध्ययनमा पत्ता लगाएका हुन् । यदि आमालाई कोरोना संक्रमण भएको छ भने पनि आमाको दुधले नवजात शिशुलाई संक्रमणबाट बचाउन सक्छ भनिएको छ ।

उनीहरूको प्रारम्भिक अनुसन्धानले आमाको दुधले कोरोना संक्रमणसंग लड्न उच्च क्षमता हुने बताएको छ । डाक्टरहरूको टोलीले यो अनुसन्धानलाइ जारी राखेका छन् । अगामी शोधद्धारा उनीहरुले आमाको दुधमा भाइरससंग लड्न सक्ने क्षमता कतिसम्म हुन्छ ? के कोरोना भाइरसको निदान आमाको दुधवाटै सम्भव छ ? भन्ने कुरा पत्ता लगाउनेछन् ।

विज्ञहरूको अनुसन्धानका आधारमा आमाको दुधमा पाइने एन्टिबडीहरू कोरोनासंग लड्न मद्दत पुऱ्याउन सक्छन । यसबारे थोरै मात्र अध्ययन भएको छ । प्रोफेसर पावेलले अध्ययनमा कोरोना पोजेटिभ महिलाबाट दूध संकलन गरेकी थिइन् । सोही दुधलाई उनको प्रयोगशालामा डाक्टरहरूको टोलीले प्रतिरोध क्षमताको बारेमा अनुसन्धान गरिरहेको छ । यस प्रयोगशालामा काम गर्ने वैज्ञानिकहरूले कोरोनासंग लड्न आमाको दुधको एन्टिबडीको क्षमताको पनि अध्ययन गरिरहेका छन् । यस टोलीको अनुसन्धानको प्रारम्भिक परिणाम उत्साहजनक देखिएको छ ।

महिलामा अध्ययन

एन्टिबडीहरू शरीरमा उत्पादन हुने प्रोटीन हुन् जसले शरीरलाई बाह्य ब्याक्टेरिया र भाइरसहरूसंग लड्न सक्ने क्षमता प्रदान गर्दछ । माथि उल्लेखित अध्ययनले के पत्ता लगायो भने आमाको दुधमा फ्लू जस्तो भाइरससंग लड्न सक्ने प्रतिजीवीहरू हुन्छन् । उनको टोलीले एक दुधालु महिलाको दुधको नमूना अध्ययन गरेर जानकारी दिएको हो । यो अनुसन्धानलाई अहिले अमेरिकाका विभिन्न संचारमाध्यमहरुले प्रकाशित गरिरहेका छन् । 

अनुसन्धान आवश्यक

टोलीले महिलाको दुधले १३ प्रकारका बिभिन्न फ्लू जस्ता रोगसंग लड्न सक्ने एन्टिबडीहरू पाएका थिए । आमाको दुधमा रहेको एन्टिबडीहरूलाई अमुनोग्लोब्लिन ए भनिन्छ । यो अनुसन्धानले कोभिड १९ लाई प्रतिरोध गर्न महिलाको दुधमा बलियो क्षमता रहेको बताउँछन् । यद्यपि थप अनुसन्धान जारी छ ।

कोरोनालाई हराउनुहोस आमाको दूधले

भर्खरै भारतमा नवजात शिशुमा कोरोना पोजिटिभको घटना आएको थियो । तर उक्त बच्चालाई लगातार आमाको दूध खुवाईयो । यस अवस्थामा बच्चालाई आमाको दूधको सेवनबाट प्रतिरक्षा बढेका कारण बच्चा कुनै औषधि विना निको भएको डाक्टरहरूले बताएका थिए ।

आमाको दुधमा प्रशस्त पोषण

बच्चाले ६ महिनाको उमेर नपुगुञ्जेल मात्र आमालाई स्तनपान गराउन प्रेरित गर्दछ । कतिपय आमाहरु त्यसपछि स्तनपान गराउन बन्द गर्ने प्रयासमा हुन्छन् । यदि बच्चा बिरामी छ र बिभिन्न रोगबाट संक्रमित छ अथवा संक्रमणको डर छ भने आमाले आफ्नो दूध खुवाई निरन्तर हेरचाह गर्नुपर्छ । किनकी आमाको दुध बच्चाका लागी औषधी हो ।

प्रस्तुती : लक्ष्मी भण्डारी 

 Image