नयाँ प्रविधिबाट मोतीबिन्दुको शल्यक्रिया -डा. सबिन ढकाल, मोतीबिन्दु र रिफ्राक्टिभ सर्जन
सबै मोतिबिन्दुको शल्यक्रिया बिना सुई नयाँ प्रबिधिबाट गरिने नेपालको पहिलो अस्पताल एएसजी आई केयर हो

नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो, जुन मानवजातिमा पहिलो पटक चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिचान भएको थियो । यो भाइरस जीवजन्तुबाट मानिसमा प्रसार भई मानिसबाट मानिसमा संक्रमण हुँदै फैलिँदै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो भाइरसले सामान्य रुघाखोकी, ज्वरो, श्वास–प्रश्वासमा समस्याजस्ता लक्षणहरू देखा पर्ने डा. पाण्डे बताउँछन् ।
कोरोना भाइरस रुघाखोकी लगाउने भाइरसहरूको परिवारको एउटा सदस्य हो । यसले मानिसको श्वास–प्रश्वास प्रणालीमा गम्भीर खालको संक्रमण गराउने गर्छ । ज्वरो आउनु, सुक्खा खोकी लाग्नु र केही सातापछि सास फेर्न गाह्रो हुनु यो रोगका प्रमुख लक्षण हुन् । कोरोना भाइरसका लागि छुट्टै खोप र औषधि छैन, तर यस्तो भाइरसको संक्रमण देखिएमा अस्पतालमै लगेर उपचार गर्नुपर्छ ।
तर, अहिले फैलिएको कोरोना भाइरस यसअघि देखिएको थिएन । त्यसैले यो नयाँ भाइरसलाई 2019-nCov नाम दिइएको छ । चमेरोबाट बिरालोजस्तो देखिने सिभिट र त्यसपछि मानिसमा भाइरस सरेपछि सन् २००३ मा श्वास–प्रश्वासम्बन्धी रोग सार्सको प्रकोप फैलिएको थियो । सार्स र मार्सपछि श्वास–प्रश्वासमा समस्या निम्त्याउने कोरोना भाइरस हो । यो भाइरस संक्रमण धेरैजसो बालबालिका, वृद्ध, गर्भवती महिला तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरूमा हुन्छ ।
संक्रमणबाट कसरी बच्ने ?
सरसफाइमा ध्यान दिने ।
बाहिरबाट आएपछि साबुनपानीले हात धुने ।
बाहिर निस्कँदा माक्स लगाउने ।
अत्यधिक ज्वरो आएमा भने सिटामोल खाने ।
माछामासु राम्रोसँग पकाएर खाने ।
वैदेशिक यात्रा गर्दा सम्बन्धित देशका बारेमा अग्रिम जानकार हुने ।
खानेकुरामा ध्यान दिने । झोलिलो खानेकुरा बढी मात्रामा खाने
धूमपान–मद्यपान नगर्ने ।
फ्लुजस्तो लक्षण देखाउने जो–कोहीको सम्पर्कबाट टाढा रहने ।
फ्लुको लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने ।
जंगली तथा घरेलु पशुपन्छीहरूसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने ।