‘स्वस्थ महिला’ पुस्तक लोकार्पण
प्रा.डा. सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक भएको छ ।
जीवनशैली तथा खानपानका कारण ग्यास्ट्राइटिस हुन्छ । धूम्रपान, मद्यपान गर्नुका साथै विषाक्त, बासी, चिल्लो, पिरो एवं मसालेदार खानेकुरा खाँदा यो रोग लाग्छ । जाडो मौसममा चिसो धेरै हुने भएकाले चिया–कफीको सेवन बढी गरिन्छ । यसले पनि ग्यास्ट्राइटिस हुन्छ । चिकित्सकको परामर्शविना अनावश्यक औषधि, पेनकिलर आदि खाँदा पनि ग्यास्ट्राइटिसको सम्भावना बढ्छ ।
हाम्रो पेटमा पुगेको खानेकुरा लगभग ४ घन्टापछि पेटबाट सानो आन्द्रामा जान्छ र पेट खाली हुन्छ । यता पेटमा पाचन रस निस्कने प्रक्रिया निरन्तर चलिरहन्छ । खानेकुराको अभावमा पाचनरसमा भएको एसिडले हाम्रो पेट वा आमाशयको भित्री झिल्लीमा असर गरेर उक्त झिल्ली सुन्निन्छ जसलाई ग्यास्ट्राइटिस भनिन्छ ।
ग्यास्ट्राइटिसबाट जोगिन धूम्रपान तथा मद्यपान गर्नुहुँदैन । चिल्लो, पिरो, मसालेदार खानेकुरा तथा चिया–कफीको सेवन कम गर्नुपर्छ । ३–४ घन्टाको अन्तरमा खाना खाइरहनुपर्छ ।
सफा तथा पौष्टिक खाना खानुपर्छ । खाना खाएको ४ घन्टामा पेट खाली हुने भएकाले बिहानको ब्रेकफास्ट बढी खानुपर्छ । ब्रेकफास्टका साथमा फलफूल पनि खान सकिन्छ ।
पानी प्रशस्त मात्रामा पिएर ग्यास्ट्राइटिसबाट जोगिन सकिन्छ ।
मानसिक तनावबाट मुक्त रहनुपर्छ ।
६ देखि ८ घन्टा सुत्नुपर्छ ।