पिसाब चुहिने समस्या र उपचार
३४–४० वर्षको उमेरमा हाँस्दा र हाच्छ्युँ गर्दा वा कति महिलालाई महिनावारी सुकेपछि पिसाब चुहिने समस्या हुनसक्छ । कतिपयले केही गह्रौं सामान उचालेपछि पिसाब तुरुक्क चुहिने समस्या सुरु भएको भन्छन् ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/miscellaneous/10-1679997950.gif&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/miscellaneous/10-1679997950.gif&w=1000&height=600)
नेपाललगायत ४ देशले हेपाटाइटिस बी नियन्त्रणमा ल्याएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाल, बंगलादेश, भूटान तथा थाइल्यान्ड दक्षिण पूर्वी एसिया क्षेत्रमा हेपाटाइटिस बी नियन्त्रण गर्ने पहिलो मुलुक भएका छन् ।
हेपाटाइटिस बी पाँच वर्षका बालबालिकामा १ प्रतिशतभन्दा कममा परिणत गरेर नियन्त्रणमा ल्याइएको दाबी संगठनको छ । यो ज्यानै लिने रोग हो । हेपाटाइटिसको खोप प्रत्येक ठाउँ तथा समयमै सबै बालबालिकामा पुर्याउने अठोटले यो उपलब्धि सम्भव भएको संगठनले जनाएको छ ।
हेपाटाइटिस बी नियन्त्रण भए–नभएको जाँच गर्न यी चारै देशमा विज्ञहरूको समूहले बालबालिकामा खोपको तथ्यांक हेरेका थिए । तथ्यांकअनुसार जन्मिएदेखि १ वर्षसम्म हेपाटाइटिस बीको खोपको डोज ९० प्रतिशतभन्दा बढीमा पहुँच पुगेको देखियो ।
दक्षिण पूर्वी एसियाका ११ देशमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यो खोपको ३ डोज दिइन्छ । यसले डरलाग्दो संक्रमणबाट जोगाउनुका साथै कलेजोको क्यान्सर तथा सिरोसिसको जोखिम पनि घटाउँछ ।