बालबालिकामा मानसिक समस्या
विज्ञहरूका अनुसार बालबालिकालाई खुसी बनाइराख्नबढीभन्दा बढी समय बिताउने, दण्डसजाय नदिने, नहोच्याउने, नराम्रो व्यवहार नगर्ने, उनीहरूलाई पनि सम्मान गर्ने, आत्मसम्मान बढाइदिने गर्नुपर्छ ।

म १८ वर्षकी भएँ । मेरो महिनावारी सुरु भएको तीन वर्ष भयो । मेरो महिनावारी चार दिन हुन्छ तर यसको अन्तर जहिले पनि डेढदेखि दुई महिना हुन्छ । मलाई नराम्रो रोग लागेको त होइन ? कसरी थाहा पाउने होला ?
समान्यतः महिनावारी २१ दिनदेखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिनसम्म हुन्छ । किशोरावस्था तथा महिनावारी सुक्ने बेलामा महिनावारीमा अनियमितता तथा ढिलाइ हुन सक्छ ।
त्यसबाहेक अण्डबाहिनी नली, अण्डाशयको संक्रमण, थाइराइड तथा अन्य हार्मोनको असन्तुलन, पोलिसिटिक ओभरियन सिन्ड्रमजस्ता रोगले पनि महिनावारी अनियमित हुन, ढिला हुन वा रोकिन सक्छ, तर किशोर अवस्थामा महिनावारी ढिला हुनुको पछाडि कुनै रोग नहुन सक्छ ।
यो अवस्थामा शारीरिक परिपक्वता आए पनि हार्मोनहरूको सन्तुलन कायम नभएकाले यस्तो समस्या सिर्जना भएको हुन सक्छ । त्यसैले आत्तिनु पर्दैन, तर समयमै परीक्षण गराएर अन्य रोग छ/छैन भन्ने कुरा पक्का गरेको राम्रो हुन्छ ।