निःसन्तानमा उपचार विधि
महिलाको उमेर कम छ बच्चा जन्माउने प्रक्रिया पनि धेरै भएको छैन भने आईयूआई विधिमा नगई आइभीएफ विधिमा जानुपर्छ । पाठेघरको नली बन्द भएमा आईयूआई गर्न मिल्दैन किनभने यस्तो अवस्थामा अण्ड र शुक्रकीटको मिलन हुनपाउँदैन ।
अमेरिकाको लस भेगासमा एक कार्यक्रमबीच अंग्रेजी वाई आकारको विद्युतीय टुथब्रस सार्वजनिक भएको छ । चार दिन चलेको कन्जुमर इलेक्ट्रोनिक सोमा फ्रेन्च कम्पनी फास्टिसले सार्वजनिक गरेको उक्त टुथब्रसले १० सेकेन्डमै दाँत सफा गर्छ । यो स्मार्ट टुथब्रसलाई दाँतमै फिट गरेर बटन दबाउनासाथ भाइब्रेट हुन्छ जसले दाँत सफा हुन्छ ।
यो टुथब्रसमा नाइलनका स–साना ब्रेसेल्स राखिएका छन् जसलाई दाँतमा सजिलै फिट हुने गरी तयार पारिएको छ । यो टुथब्रसमा टुथपेस्ट राखेर पहिलो पाँच सेकेन्ड तलको दाँत र त्यसपछिको पाँच सेकेन्ड माथिको दाँतमा फिट गर्नुपर्छ ।
यसले टुथब्रसको तुलनामा १५ प्रतिशत बढी कीटाणु सफा गर्ने दाबी गरिएको छ । नरम प्लास्टिकबाट बनेको यो टुथब्रस बालबालिकादेखि ठूलासम्मको दाँतको ढाँचालाई ध्यानमा राखेर तयार पारिएको बताइएको छ । केही महँगो यो टुथब्रसलाई चार्ज गर्नुपर्छ ।