जाडोमा बालबालिकाको स्वास्थ्य
जाडो महिना सुरु भएसँगै पाँच वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकमा ‘निमोनिया’को उच्च जोखिम हुन्छ । मौसम परिवर्तनसँगै जीवाणु देखापर्नुका साथै संक्रमण देखिन थाल्छ । अहिले रुघाखोकी, ज्वरो, बाथ आदिको समस्या छ ।

धेरैजसो पसलेले चटपटे, पकौडा, समोसा, पुरी, जेरी, मिठाईं आदि खानेकुरा पत्रिकामा बेरेर दिन्छन् । तारेका खानेकुराको तेल सोसियोस् भनेर पनि पत्रिकाकै प्रयोग गरिन्छ । पत्रिकामा राखिएका खानेकुरा स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिन्छन् ।
यसलाई रोक्न हाम्रो मुलुकमा कुनै कानुनी व्यवस्था छैन । भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले हालै एडभाइजरी जारी गर्दै पत्रिकामा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका दृष्टिले खतरनाक बताउँदै भारतीय नागरिकहरूलाई सचेत गराएको छ ।
पत्रिकालाई भाँडाका रूपमा प्रयोग गर्दा क्यान्सर, पेटसम्बन्धी समस्या, उच्च रक्तचाप तथा मिर्गौलाको रोग लाग्ने सम्भावना हुन्छ ।