होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।

२० पछि ३० अर्थात् उमेरको त्यो महत्वपूर्ण अवस्था, जसमा मुड स्विङदेखि लिएर हार्मोन असन्तुलनसम्म हुन्छ । कहिले विनाकारण कसैप्रति माया पलाउनु त कहिले विनाकारण स–साना कुरामा पनि आवेशमा आउनु यो उमेरमा देखापर्ने स्वाभाविक प्रतिक्रिया हो । ३० वर्ष पुगेपछि शरीरमा एस्ट्रोजन तथा प्रोजेस्ट्रोनको तालमेलमा गडबडी उत्पन्न हुन्छ । परिणामस्वरूप हार्मोनल असन्तुलन देखा पर्छ । यो मुड स्विङदेखि लिएर डिप्रेसन, एलर्जी, थकान, हेयर लस, अनवान्टेड फेसियल हेयर, बडी विकनेस, आस्टियोपोरोसिस आदि गम्भीर बिरामीको कारण बन्नसक्छ ।
त्यति मात्र होइन ३० वर्षपछि महिलाहरूलाई अनेकौं स्वास्थ्य समस्याले सताउँछन् जसमा समय रहँदै सचेत हुनुपर्छ । यतिबेला देखापर्ने अर्को समस्या हो–अनियमित महिनावारी । सामान्यत: २० देखि ३० दिनको समयमा चार–पाँच दिनअघि पिरियड हुन्छ तर ३० वर्षपछि मासिक चक्रमा अनियमितता देखापर्न थाल्छ अर्थात् एक महिनामा या त दुईपटक पिरियड हुन्छ या कहिलेकाहीँ स्किप हुनसक्छ । यस्तो समस्या ३० वर्षको उमेरपछि नै देखापर्छ । यसबाहेक उमेरको यो अवस्थामा इन्टरमेन्सुरल ब्लिडिङको समेत समस्या सिर्जना हुन्छ, जसमा पिरियड डेटपूर्व नै स्पटिङ देखापर्छ ।
चिकित्सकहरूका अनुसार यस प्रकारको समस्यालाई बेवास्ता गर्नुहुँदैन र तत्काल स्त्रीरोग विशेषज्ञको सल्लाह लिनुपर्छ । सामान्य देखिने यस प्रकारको समस्याले कालान्तरमा क्यान्सरको रूप लिन सक्छ । यो उमेरमा फाइब्राइड (युट्रसमा पाइने मसल्स) युट्रसबाट बाहिर आउँछ, जसले गर्दा संक्रमण, पीडादायक पिरियड्स, पेनफुल इन्टरकोर्स आदि समस्याले जीवनलाई पीडादायक बनाउँछ ।
यस्तो संक्रमणबाट जोगिन र विशेषगरी शारीरिक सम्बन्ध राख्दा अनिवार्य रूपमा कन्ट्रासेप्टिक प्रयोग गर्नुपर्छ । त्यसबाहेक ३० वर्ष पार गरेपछि महिलाहरूमा स्तन क्यान्सर हुने आशंका पनि वृद्धि हुन्छ । यो बिरामी आनुवंशिकबाहेक अन्य कारणले पनि हुन्छ । मेमोग्राफी गराउँदा स्तनमा भैरहेको परिवर्तनका सम्बन्धमा जानकारी प्राप्त हुन्छ र अलिकति पनि नेगेटिभ चेन्ज पाइए सचेत हुन सकिन्छ ।
अहिले कामकाजी महिलाहरू ३० वर्षपछि मात्र गर्भधारण गर्न चाहन्छन् तर यसबाट अनेकौं समस्या उत्पन्न हुनसक्छन् अर्थात् उमेर बढी भए गर्भधारणमा समस्या उत्पन्न हुनसक्छ । बढी उमेरपछि गर्भाशयमा अनेकौं जटिलता देखापर्छन् । त्यसपछि गर्भधारण भए पनि शिशु नजन्मिने समस्या हुनसक्छ । यस्तो स्थितिमा ३० वर्ष पूरा भएका महिलाहरूले समय–समयमा ब्रार्डर स्क्रिनिङ, अल्ट्रासाउन्ड मेमोग्राफी तथा प्याप्सस्मेयर आदि जाँच गराइरहनुपर्छ ।
३० वर्षपछि महिलाहरूको फिटनेससित सम्बन्धित समस्या पनि देखापर्छ । त्यसमा आमसमस्या हो–तौल बढ्नु । ३० देखि ३५ वर्ष पुगेपछि तौल बढ्न थाल्छ । यो समस्या प्राय: अनियमित दिनचर्याका कारणले सिर्जना हुन्छ । तौलको वृद्धिसँगै कम्मर र पेटमा आवश्यकताभन्दा बढी बोसो जम्मा हुन थाल्छ ।
अधिकांश महिला शरीरमा आएको यस्तो परिवर्तनप्रति बेवास्ता गर्छन् । यद्यपि यही परिवर्तनका कारण ह्दयसम्बन्धी अनेकौं रोग लाग्न सक्छन् । यसबाहेक डायबिटिज तथा थाइराइडका कारण पनि तौल बढ्छ । यी सबै समस्याबाट जोगिन महिलाहरूले ३० वर्ष पुग्न थालेपछि आफ्नो हेल्थप्रति सजग हुनुपर्छ जसमा पहिलो काम मोटोपन बढ्न नदिनु नै हो । यो काम त्यतिबेला सम्भव हुन्छ, जब खानपानमा सचेत रहनुका साथै नियमित व्यायाम गर्न थालिन्छ । व्यायामबाट शरीरमा भएको एक्स्ट्रा क्यालोरी कम गर्न सकिन्छ ।
महिलाहरूले आफू ३० वर्षको उमेर नजिक पुगेको वा पार गरेसँगै शरीर बेडौल हुन थालेको अनुभव गर्नुअगावै फिटनेस सेन्टर ज्वाइन गर्नुपर्छ । यदि कुनै कारणवश फिटनेस सेन्टर जान सम्भव नभए घरमै सातामा तीन–चार दिन २०–२५ मिनेटसम्म व्यायाम, योग वा एरोविक्स गर्नुपर्छ ।
- एजिङ प्रोसेसलाई मन्द बनाउन डाइटमा एन्टी अक्सिडेन्ट्स ‘भिटामिन ‘सी’ र ‘इ’ तथा बीटा केरोटिन) को मात्रा बढाउनुपर्छ । एन्टी अक्सिडेन्ट्सको सेवन एजिङबाहेक क्यान्सर, ह्दय रोग, स्ट्रेक्स तथा केटरेक्टबाट जोगाउन पनि सहयोगी हुन्छ । यसको मुख्य स्रोत हो–गाजर, पालुंगो, टमाटर, भेजिटेबल आयल, ड्राइफुड, सुन्तला, मटर, ब्रोकाउली आदि ।
- कोफिन र चिया, कफी, रक्सी, नसा वा सोडियम (नुनका रूपमा) को अत्यधिक सेवन स्वास्थ्यका लागि घातक हुन्छ । यो छातीको रोग, कार्डियोवेस्कलर रोग, हार्टवर्न, क्यान्सर, बर्थ डिफेक्ट्स आदिको कारण बन्नसक्छ ।