पिल्सका सम्बन्धमा
सन्तान हरेक दम्पतीको चाहना मात्र नभएर आवश्यकता पनि हो । तर आवश्यकता भन्दैमा धेरै र जहिले पनि आवश्यक नहुन सक्छ । जन्मान्तर तथा सन्तानको संख्या व्यवस्थापन आवश्यक हुन्छ ।

–गर्भावस्थामा शरीरको तौल दोब्बरसम्म बढ्नसक्छ ।
–गर्भावस्थामा खानपान एवं व्यायाममा विशेष ध्यान पुर्याउनुपर्छ ।
–गर्भावस्थामा एक्सरसाइज गर्नु हुँदैन अनि तेब्बर खानुपर्छ भन्ने धेरैको धारणा हुन्छ तर त्यो सत्य होइन ।
–गर्भावस्थामा गर्ने व्यायाम फरक किसिमका हुन्छन् । घरमै हिँडडुल गर्दा, भर्याङ चढ्दा वा ओर्लंदा पनि कुन भागमा बढी स्ट्रेस दिनुपर्ने हो त्यसरी नै शरीरलाई चलायमान राख्न सकिन्छ ।
–नुहाउँदा, खान बस्दा, कपडा धुँदा वा घरभित्र गरिने काम गर्दा नै किन नहोस् शरीरको कुन भागलाई बढी चलायमान राख्ने ध्यान पुर्याउनुपर्छ ।
–गर्भावस्थामा व्यायामलाई निरन्तरता दिनु जरुरी छ । व्यायामले डेलिभरीको समयमा आमा एवं गर्भस्थ शिशुलाई स्वस्थ रहन सहयोग पुर्याउँछ ।