Successfully Copied

रुघाखोकी, असर र बच्ने तरिका

नियमित रूपमा तातो पानी पिउनुपर्छ । तातो कुरा जस्तो चिया, कफी, सुप खानासाथ चिसो पानी वा कोल्ड ड्रिंक्स पिउनु हुँदैन ।

-    खोकी लागेको बेला जंक फुड खानु हुँदैन, किनभने त्यसले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ ।

-    यस्तो बेला तारेका खानेकुरा खानु हुँदैन ।

-    फ्रिजमा राखिएका चिसा खानेकुरा तथा आइसक्रिम पनि सेवन गर्नु हुँदैन ।

-    नियमित रूपमा तातो पानी पिउनुपर्छ । तातो कुरा जस्तो चिया, कफी, सुप खानासाथ चिसो पानी वा कोल्ड ड्रिंक्स पिउनु हुँदैन ।

-    मरिचको धूलोमा मह मिसाएर खाए फाइदा हुन्छ ।

-    एक गिलास तातो दूधमा खजुर उमालेर पिए चिसोबाट राहत मिल्छ ।

-    तुलसी, पुदिना तथा मरिच हालेर उमालिएको पानी पिउँदा पनि घाँटीको खसखस कम हुन्छ ।

-    तातो दूधमा एक चम्चा बेसार मिसाएर पिउँदा फाइदा हुन्छ । बेसारमा पाइने एन्टी भाइरल तथा एन्टी ब्याक्टेरियल गुणले रुघाखोकी निको पार्छ ।

-    नियमित रूपमा महमा अदुवा मिसाएर खाए चिसोबाट जोगिन सकिन्छ ।

-    दालचिनी र जाइफल बराबर मात्रामा पिसेर बिहान–बेलुकी महसँग खाए रुघाखोकी टाढै रहन्छ ।

- बाहिर निस्कँदा मास्क लगाउनुपर्छ ।

 Image