होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
८० प्रतिशत यौन समस्या तनसँग नभै मनसँग जोडिएको हुन्छ । जबसम्म मन राजी हुँदैन तबसम्म हाम्रो शरीर पनि यौन सम्पर्कका लागि राजी हुँदैन । यति हुँदाहुँदै पनि शारीरिक कारणले समेत यौन जीवन प्रभावित हुन्छ ।
मधुमेह : मधुमेहले यौन जीवनलाई धेरै हदसम्म प्रभावित गर्छ । यसले यौनप्रति रुचि, परफर्मेन्स तथा अर्गेजममा नकारात्मक असर पार्छ । मधुमेहका कतिपय रोगी त नपुंसक नै हुन्छन् । मधुमेहका बिरामी जो इन्सुलिन लिन्छन् त्यस्ता बिरामी यौन सम्पर्कका बेला बढी उत्तेजित हुन सक्छन् जसबाट हाई पोग्लेसेमियाको सिकार हुने सम्भावना रहन्छ । यस्तो हुँदा सम्पर्कका समयमा रिंगटा लाग्ने, कम्पन हुने तथा धड्कन तेज हुने हुन्छ । कतिपयले ध्यान एकत्रित गर्न नसक्ने जस्ता समस्याबाट गुज्रनुपर्ने हुन्छ ।
समाधान : सुगर लेवल नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ । हाइपोग्लेसेमियाको कुनै पनि संकेत देखिए तुरुन्त सुगरको औषधि सेवन गर्नुपर्छ । सेक्स गर्नुअघि एक्स्ट्रा स्टार्ची कार्बोहाइड्रेडयुक्त पास्ता, भात तथा ब्रेड आदि खानुहुँदैन ।
कोरोनरी हार्ट डिजिज
यस्तो स्थितिमा यौन सम्पर्क राख्दा हर्ट विट तथा रक्तचाप बढ्ने सम्भावना हुन्छ । कोरोनरी हर्टका बिरामीलाई सास फेर्न कठिन हुन्छ । छातीमा पीडाको सम्भावना पनि हुन सक्छ । दुई घन्टासम्म निरन्तर रूपमा यौन सम्पर्क गरिरहे हर्टएट्याक हुने खतरा पनि बढ्छ ।
समाधान : मुटुका बिरामी जसलाई हर्टएट्याक हुनसक्छ, ले ३ देखि ६ हप्ताको फरकमा यौनसम्पर्क गर्नु उपयुक्त हुन्छ । बिरामी मधुमेहको पनि सिकार भए अट्याक आउने सम्भावना अझ बढ्छ । यस्ता बिरामीले आफ्नो रक्तचाप तथा पल्स सामान्य अवस्थामा राखेर मात्र यौन सम्पर्क राख्नु उचित हुन्छ । यस्ता बिरामीले हेभी खाना खाएको तीन घन्टासम्म यौनसम्पर्क गर्नुहुँदैन ।
मोटोपन : मोटोपनले पनि यौन जीवनलाई प्रभावित गर्छ । मोटोपनबाट यौन इच्छा, परफर्मेन्स आदिमा नकारात्मक असर पर्छ ।
समाधान : सबैभन्दा पहिले मोटोपन कम गर्नुपर्छ । तारेको तथा भुटेको खानेकुरा नखाने तथा नियमित व्यायाम गर्ने बानी बसाल्नुपर्छ ।
हाइपोथाइराइज्म
यस्तो स्थितिमा शरीरमा धेरै किसिमका हार्मोनल परिवर्तन आउँछन् । एक्कासि धेरै तौल बढ्नु, धेरै गर्मी लाग्नु, उचाइ बढ्न कम हुनु आदि यसका प्रभाव हुन् । यसले पनि यौन इच्छामा कमी ल्याउँछ ।
समाधान : चिकित्सकको सम्पर्कमा रहनुपर्छ । थाइराइडलाई नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ । आफ्नो यौन जीवन सन्तुलनमा राख्नुपर्छ ।
दम : यौन क्रियाकलापमा बढी रुचि हुँदा पनि एट्याक हुने खतरा बढ्छ । कतिपय महिलामा पार्टनरको सेमिनल फ्लुइडमा भएको प्रोटिन्सको एलर्जीका कारण पनि सेक्सका समयमा अस्थम्याटिक एट्याक हुने सम्भावना हुन्छ । महिला तथा पुरुषमा लेटेक्स एलर्जीका कारण कन्डमको प्रयोगबाट पनि अस्थम्याटिक एट्याक हुने सम्भावना रहन्छ ।
समाधान : सेक्सुअल एक्टिविटी अगावै ब्रोकोडिलेटर थेरापीले आराम महसुस गराउँछ । चिकित्सकको सल्लाहमा व्यायाम तथा औषधि सेवन गरे राहत मिल्छ ।
पिठ्युँको पीडा
पीठ्युँको पीडाबाट पनि यौन जीवन प्रभावित हुन्छ । सहवासमा गलत पोस्चरका कारण पनि पीठमा पीडा हुन्छ ।
समाधान : यौन सम्पर्कका क्रममा उचित आसन प्रयोग गर्नुपर्छ । श्रीमानको पीठमा पीडा भए श्रीमतीले टप पोजिसन प्रयोग गर्नुपर्छ । श्रीमतीलाई पीठमा पीडा भए श्रीमान् टप पोजिसनमा रहनुपर्छ । यसका अतिरिक्त भुजङ्गासन, शलभासन, सुलभ उत्तासन, सर्पासन आदि गरे पिठ्यँुको पीडामा फाइदा पुग्छ ।
जोर्नीसम्बन्धी रोग
जोर्नीको समस्याबाट पीडित मानिसलाई यौनसम्पर्कका बेला पीडा हुनसक्छ ।
समाधान : यौनसम्पर्कका दौरान यस्तो आसन प्रयोग गर्नुपर्छ जसले जोर्नीमा बढी दबाब पर्दैैन । यौन पार्टनरलाई सक्रिय रहने सल्लाह दिनुपर्छ ।