‘आँखामा जलबिन्दु हुनसक्छ’
आँखामा कुनै समस्या र लक्षण नदेखिए पनि धेरैमा दृष्टि स्यानु रोग ‘जलबिन्दु’ पाइएको छ । यसका लागि नियमित आँखाको जाँच गराउनुपर्छ, समयमै रोगबारे जानकारी पाए रोगको निदान गरी दृष्टिदोषबाट बच्न सकिन्छ ।
मधुमेहका रोगीले बेलुका एक चम्चा मेथीको दाना पानीमा भिजाएर बिहान उक्त पानी तथा दाना चपाएर खाँदा फाइदा हुन्छ ।
मेथी उच्च रक्तचापका रोगीका लागि पनि लाभदायक सिद्ध हुन्छ ।
आङ खस्ने अर्थात् गर्भाशय सरेको अवस्थामा मेथीको लड्डु बनाएर खाँदा फाइदा मिल्छ ।
जोर्नी तथा बाथको समस्यामा राति मेथीको दाना भिजाएर भोलिपल्ट बिहान चपाएर खाने ।
जहाँ पीडा हुन्छ त्यहाँ मेथीको दाना राखेर बाँध्दा बिसेक हुन्छ ।
घाउमा मेथी पिसेर लगाउन सकिन्छ ।
कब्जियतका रोगीले बेलुका मेथीको धुलो तातोपानीसँग खाए पेट सफा हुन्छ ।
मेथी स्त्रीरोगमा समेत उपयोगी मानिन्छ ।
मेथीको धुलो र दहीको पेस्ट अनुहारमा लगाउँदा छाला सफा हुन्छ ।
मेथी पाउडरको पेस्ट केशमा लेप लगाएर सफा गर्दा केश सुन्दर देखिन्छ ।