‘पाठेघरको मुखको क्यान्सरले बच्चा जन्माउन रोक्दैन’
क्यान्सर हुने मुख्य कारण भाइरस नै हो । भाइरस हुँदैमा क्यान्सर हुने सम्भावना हुँदैन । तर लामो समय भाइरस रहिरह्यो भने क्यान्सरको सम्भावना बढी हुन्छ ।
                            
              नेपाल नेसनल अस्पतालले नवजात शिशुका लागि १० शय्याको शिशु सघन कक्ष (एनआइसीयू) संचालनमा ल्याएको छ । गत शनिबार युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले सघन कक्षको उद्घाटन गर्दै अस्पतालले छोटो समयमा धेरै काम गरेको बताए ।
बालबालिका स्वस्थ भए देश स्वस्थ हुन्छ भन्ने कुरालाई मध्यनजर गर्दै अस्पतालले एनआइसीयू कक्ष स्थापना गरेको अस्पतालका बालरोग विशेषज्ञ डा. विमललाल कर्णले बताए । एनआइसीयू सेवाले बाल तथा शिशु मृत्युदर घटाउन सहयोग पुर्याउने जानकारी गराउँदै अस्पताल स्थापना भएको चार महिनामै एनआइसीयू स्थापना गर्नु ठूलो सफलता भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले बताए । डा.प्रकाशका अनुसार अबको दुई महिनामा डायलोसिस तथा अत्याधुनिक ट्रमा सेवासमेत सुरु हुनेछ ।