जाडोमा हाडजोर्नी समस्या
जाडोमा हाडजोर्नीमा दुखाइ बढ्न सक्छ । यसको कारण यो मौसममा शरीरका रक्तनली तथा रक्तकोशिका खुम्चिन्छन् । विशेषतः बाथ रोगीलाई जाडोमा बढी दुख्छ ।
                            
              गर्भावस्थामा यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन । त्यसले गर्भको शिशुलाई कुनै असर पुर्याउँछ ?
गर्भावस्था एउटा विशेष अवस्था हो । यस्तो अवस्थामा यौनसम्पर्क गर्न नमिल्ने हुँदैन । शाल पाठेघरको मुखमा रहेको अवस्था, रक्तश्राव हुने जटिलताहरू भएको अवस्था तथा जोखिममा रहेको गर्भावस्थामा यौनसम्पर्क गर्न मिल्दैन । यौन सम्पर्कले गर्भस्थ शिशुमा कुनै असर गर्दैन तर गर्भको अन्तिम समयमा अवधि नपुग्दै व्यथा सुरु हुन सक्छ ।
सामान्यत: गर्भको दोस्रो तीन महिना अर्थात् चौथो महिनादेखि सातौं महिनासम्म यौनसम्पर्क राख्दा खासै असर पर्दैन । यस्तो अवस्थामा यौनसम्पर्क राख्दा गर्भवती महिलाको इच्छा तथा आसनमा विशेष ध्यान पुर्याउनुपर्छ ।
- डा. बालकृष्ण साह
स्त्री तथा प्रसूति रोग विशेषज्ञ,
मोरङ सहकारी अस्पताल