होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।

अफिस, घर, साथीभाइ भेटघाट मानिसको जीवन यस्तैमा बित्ने गरेको छ । यस्तो व्यस्त जीवनमा सबैलाई थकान महसुस हुन्छ । दिनभरको थकान एकछिनमै भगाउन केही विशेष खाना खानु आवश्यक छ ।
दही : दहीमा प्रो बायोटिक्स अर्थात् सकारात्मक ब्याक्टेरिया तथा कार्बोहाइड्रेड हुन्छ । यसले थकान भगाएर फुर्तिलो बनाउँछ । दही बिहानको खानासँग खान सकिन्छ । दहीमा फलफूल मिसाएर खान सकिन्छ । दहीमा मानिसलाई फुर्तिलो बनाउने शक्तिका साथै प्रशस्त रोगप्रतिरोधक क्षमता हुन्छ ।
सौफ : सौफमा सोडियम, क्याल्सियम, पोटासियम, आइरन आदि पोषक तत्व पाइन्छ । यसले शरीरमा थकान महसुस गराउने हार्मोन्सलाई नष्ट गर्छ । सौफ खाना खाएपछि खाइन्छ । यसलाई चबाएर खाँदा तथा सौफ हालिएको चिया खाँदा पनि क्षणभरमै थकान गायब हुन्छ र तरोताजा महसुस गर्न सकिन्छ ।
केरा : अफिसबाट आएपछि साँझ धेरै थकान महसुस भएको छ, उठ्न नसक्ने भइएको छ भने २–३ वटा केरा खानुपर्छ । केराबाट पोटासियम प्राप्त हुन्छ । यसले शरीरमा भएको सुगरको इनर्जीमा परिवर्तन ल्याएर थकानलाई टाढा भगाउँछ ।
सुन्तला : सुन्तलामा भएको भिटामिन बी ६ तथा फोलिक एसिडले थकान टाढा भगाएर इनर्जेटिक बनाउँछ । त्यसैले थकान महसुस भए सुन्तला खानुपर्छ । यसको जुस पनि सेवन गर्न सकिन्छ । सुन्तला गर्भवती महिलाहरूका लागि पनि फाइदाजनक हुन्छ ।
मेवा : बिहान–बिहान मेवा खाँदा पाचन प्रणाली ठीक रहन्छ भने यसबाट शरीरमा शक्ति प्राप्त हुन्छ । मेवामा भएको भिटामिन बी ६ तथा फोलिक एसिडले शरीरको थकान भगाउँछ ।साँझको समयमा भोक लाग्दा पनि मेवा सेवन गर्न सकिन्छ । यसले तुरुन्त इनर्जी प्राप्त हुन्छ । त्यसका अतिरिक्त मेवाले कोलस्ट्रोलको मात्रा नियन्त्रित राख्न एवं तौल घटाउन पनि सहयोग गर्छ ।
अण्डा : अन्डामा प्रशस्त मात्रामा प्रोटिन हुन्छ । दिनहुँ एउटा अण्डा खाँदा शरीरमा ३० प्रतिशत प्रोटिन प्राप्त हुन्छ । व्यायामपछि एउटा अण्डा खानुपर्छ । यसले थकानबाट मुक्ति मिल्छ भने मांसपेशी पनि रिल्याक्स हुन्छ ।
अदुवा : थकान महसुस भए अदुवायुक्त चिया पिउनुपर्छ । पातलो टुक्रा बनाएर नुनका साथ अदुवा खाए तरोताजा महसुस गर्न सकिन्छ । अदुवामा भएको एन्टिअक्सिडेन्टले मांसपेशी रिल्याक्स गर्नुका साथै रोग प्रतिरोधक क्षमता पनि बलियो बनाउँछ ।
पालुंगो : यसमा प्रशस्त मात्रामा म्याग्नेसियम, आइरन तथा पोटासियम हुन्छ । म्याग्नेसियमले शरीरमा ऊर्जा सिर्जना गर्न मद्दत पुर्याउँछ । पोटासियमले पाचनक्रिया दुरुस्त राख्छ । पालुंगोको तरकारी खाए दिनभर तरोताजा महसुस गर्न सकिन्छ ।
ज्वानो : ज्वानोको चिया हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । कतिपय मानिसले ज्वानोको चिया सेवन नगरेका हुन सक्छन् । ज्वानोको चिया पिए थकान एकछिनमै टाढा भाग्छ । ज्वानोलाई तातोपानीमा उमालेर चियाजस्तै गरी पिए शरीरमा ऊर्जा प्राप्त हुनुका साथै मस्तिष्कको नसालाई पनि आराम मिल्छ । यसबाट जोर्नीको पीडाबाट पनि छुटकारा प्राप्त गर्न सकिन्छ ।
ओट्स : फाइबर तथा एन्टिअक्सिडेन्टको गुणले भरिपूर्ण ओट्सले धेरै किसिमको रोगबाट जोगाउनुका साथै इनर्जेटिक पनि राख्छ । बिहानको नास्तामा ओटमिल खाए दिनभर फ्रेस महसुस हुन्छ । आफ्नो रुचिअनुसार ओट्समा नुन तथा चिनी हालेर विभिन्न परिकार बनाउन सकिन्छ ।
ओखर : ओखर शक्तिवद्र्धक हुन्छ । ओमेगा ३ फ्याटी एसिडको मात्रा प्रशस्त पाइने ओखरले एकछिनमै थकान भगाउँछ । ओखरको सेवनबाट एन्जाइटी तथा डिप्रेसनबाट पनि राहत मिल्छ । एक्सरसाइज गरेर थाकेका बेला पनि ओखर खाँदा विशेष फाइदा हुन्छ ।
च्याउ : दिनहुँ एक कप च्याउ खाँदा शरीरमा शक्ति प्राप्त हुनुका साथै आइरनको आपूर्ति पनि हुन्छ । मसरुम खाँदा शरीरमा रगतको कमीको समस्या हुँदैन । यसको सेवनले शरीरमा शक्ति प्राप्त हुन्छ । च्याउ उच्च रक्तचाप तथा मधुमेहका बिरामीका लागि पनि फाइदाजनक छ । अन्य तरकारीको तुलनामा च्याउमा प्रोटिन, भिटामिन ई तथा सेलेनियमको मात्रा बढी हुन्छ ।