जन्मान्तर कति ?
महिलाको उमेर जति–जति बढ्छ त्यति नै अण्डको गुणस्तरमा कमी आउने हुँदा गर्भ रहन गाह्रो हुन्छ । गर्भ रहे पनि खेर जान सक्ने र आमामा पनि गर्भावस्थामा जटिलता थपिन सक्ने हुनसक्छ ।
रुघाखोकी तथा ज्वरो आउँदा कतिपयले एन्टिबायोटिक औषधि सेवन गर्छन् । यसरी पटक–पटक एन्टिबायोटिक सेवन गर्दा मधुमेह हुने सम्भावना ५३ प्रतिशतले बढ्छ । अमेरिकास्थित युनिभर्सिटी अफ कोपेनहेगको सेन्टर फर डायबिटिज रिसर्चमा गरिएको अध्ययनबाट यो कुरा पत्ता लागेको हो । शोधकर्ताहरूका अनुसार एन्टिबायोटिक्सका कारण आन्द्रामा भएको ब्याक्टेरियाको स्वरूप बदलिन्छ । पेटभित्र केही राम्रा तथा केही खराब ब्याक्टेरिया हुन्छन् । एन्टिबायोटिक्सको प्रभावबाट राम्रो ब्याक्टेरियाको संख्या घट्छ । फलस्वरूप प्यांक्रियाज तथा मेटाबोलिज्मको सन्तुलन पनि बिग्रन थाल्छ । त्यसैले पनि स–साना स्वास्थ्य समस्यामा चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्नुहुँदैन ।