भविष्यमा बच्चा जन्माउन डिम्बको भण्डारण
बच्चा जन्माउने चाहना भएको समयमा डिम्बलाई वाम गरेर पुरुषको शुत्रकीटस“ग फर्टिलाइज गरी महिलालाई गर्भवती बनाइन्छ ।
क्यान्सरबाट जोगिन अनार, बेसार, ग्रिन टी तथा ब्रोकाउलीजस्ता सुपर फुड सहयोगी हुन्छन् । अमेरिकास्थित क्याम्ब्रिज युनिभर्सिटीमा गरिएको अध्ययनअनुसार रेडियोथेरापी तथा सर्जरीको प्रक्रिया गरिसकिएका क्यान्सरका बिरामीमा ती सुपर फुड समावेश भएको औषधि ख्वाइएको थियो । ६ महिनासम्म नियमित रूपमा ती सुपर फुड प्रयोग गर्दा बिरामीको स्थितिमा सुधार आएको पाइयो ।
अनार, ग्रिन टी, बेसार तथा ब्रोकाउलीजस्ता सुपर फुडमा एन्टिअक्सिडेन्टको गुणले भरिपूर्ण पोलिफिनेल नामक तत्व पाइन्छ । यसले क्यान्सरग्रस्त कोशिकालाई तीव्र रूपमा समाप्त गर्छ । पोलिफिनेल क्यान्सर मात्र होइन मधुमेह तथा मुटु रोगीका लागि पनि फाइदाजनक हुन्छ ।