होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
डा. रंगीना लाइकांगबम शाह
स्त्री तथा प्रसूति रोग विशेषज्ञ
महिलाहरूमा ५० देखि ५५ वर्षको उमेरमा मेनोपज हुने गरेको छ । यसलाई महिनावारी सुक्ने पनि भनिन्छ । त्यसपछि हरेक महिलाको जीवनमा गर्भधारणको अवधि सकिन्छ ।
मेनोपजमा देखापर्ने परिवर्तन
मेनोपजमा हार्मोन परिवर्तन हुन्छ । यसमा महिलाहरूको शरीरमा एस्ट्रोजोन हार्मोनको कमी हुँदै जान्छ । यो हार्मोनको कमीले छाला, हड्डी, केश, मुटु, मस्तिष्क तथा पिसाब थैलीको प्रणालीमा असर पार्नसक्छ । धेरैजसो महिलामा शरीर तात्ने, राति पसिना आउने, रिस बढी उठ्ने, झिजो लाग्ने एवं मानसिक तनाव आदि लक्षण देखापर्छन् ।
के खाने ?
दूध, दही, पनीर तथा दूधका उत्पादनहरू ।
प्रोटिनयुक्त खानेकुरा गेडागुडी, अण्डाको सेतो भाग, माछा आदि ।भिटामिन भएका खानेकुरा जस्तै फलफूल, गाजर, सागपात, ब्रोकाउली आदि ।
मेनोपजपछि के नखाने ?
चिया, कफी तथा चिनीको मात्रा बढी भएका खानेकुरा, प्रोसेस्ड फुड्स (डिब्बामा आउने खानेकुराहरू), बढी मात्रामा मसला भएका खानेकुरा, अल्कोहल (रक्सी), धेरै नुनिला कुराहरू, रातो मासु एवं तारेका खानेकुरा आदि ।
मेनोपजमा असर गर्ने खानेकुरा
पिरा खानेकुरा
अमेरिकन एकेडेमी अफ फिजिसियनद्वारा गरिएको अध्ययनअनुसार पिरो खानेकुराले मेनोपजमा शरीरको तापक्रम बढाउँछ र हट पल्सेस (शरीर एकैछिनमा तात्ने) वृद्धि हुन्छ । चिनीको मात्रा धेरै भएका खानेकुराले शरीरमा ग्लुकोज (सुगर) को मात्रा बढाउँछन् जसले गर्दा तौल बढ्नुका साथै मेटाबोलिक डिसअर्डर देखा पर्नसक्छ । यसैगरी मधुमेह टाइप २ हुने सम्भावना वृद्धि हुन्छ भने मुटुमा समेत असर देखिन सक्छ ।
धूम्रपान तथा मदिरापान
मदिरापान गर्ने महिलाहरूमा शरीर तात्तिने, झिजो मान्ने र राति निद्रा नलाग्नेजस्ता समस्या देखा पर्नसक्छ । अमेरिकन मेनोपज सोसाइटीद्वारा गरिएको अध्ययनअनुसार मदिरापान गर्ने महिलामा मेनोपजपछि मानसिक तनावका लक्षण देखिन्छन् । चिया, कफी, चकलेटहरूले पनि एकैछिनमा शरीर तात्ने (हट फ्लासेस) तथा पसिना आउने हुन्छ ।
नुनको मात्रा बढी भएको खानेकुराले प्रेसर बढाउनुका साथै मुटुको समस्या सिर्जना गर्छन् । रातो मासु, तारेका खानेकुरा तथा जंक फुडले पनि मुटु, हड्डी तथा हर्मोनमा असर गर्नसक्छ । फस्फोरसको मात्रा बढी भएका खानेकुराले हड्डीको क्याल्सियम र म्याग्नेसियमको मात्रा घटाउनसक्छ । मेनोपज सबै महिलाको जीवनमा हुन्छ । यसमा कुनै अस्वाभाविक वा विशेष परिवर्तन देखिए स्त्री तथा प्रसूति रोग विशेषज्ञसँग सुझ्mाव लिनु उपयुक्त हुन्छ ।