बसी बसी योगा
योग भनेको ‘स्पाइनल कर्ड’ त्यसलाई तन्काउने र त्यसको ‘एक्सरसाइज’ गराउनु हो ।
आहार जीवनको सुरुदेखि अन्त्यसम्म चाहिने वस्तु हो। प्राणीको जीवनमा यसको महत्वपूर्ण भूमिका छ। मानिसको स्वास्थ्य आहारमै निर्भर हुन्छ। हिजोआजका मानिसहरू आहारप्रति सचेत हुन नसकेकाले औषधि अनि अस्पतालमै भर परिरहेका छन्।
त्यति हुँदाहुँदै पनि उनीहरू अझ उपयुक्त आहार खाने कुरामा लापरबाही गरिरहेका छन्। आहार नसुधारेसम्म अमृतले पनि थेग्न सक्दैन, सुधारिएको आहारले अमृत आवश्यक मान्दैन। आहार आफंैमा प्राण धान्ने विशेष शक्ति हो जुन खान जाने प्राणरक्षक बन्छ भने खान नजाने भक्षक हुन्छ अर्थात् आहारलाई नियमले, ठीक मात्रा र ठीक समयमा खानु आवश्यक छ। धेरै समय लगाएर चपाउँदै खाइएको खाना सजिलै पच्छ। त्यो सानो आन्द्रालाई सोस्न सजिलो हुन्छ तथा ठूलो आन्द्रालाई निष्काशन र कलेजोलाई आफ्नो काम गर्न सरल हुन्छ।
त्यसमा अन्य अङ्गले सक्रिय रूपमा काम गर्दा यसबाट शरीरमा बन्ने उपक्रम आहारको रस, रगत, मासु, बोसो, हाड, मासी, रजवीर्य (रोगप्रतिरोध शक्ति), ओज (शरीरको तातोपन) एवं अनुहारको उज्यालोपन (ग्लो) कायम रहन्छ। आहारसम्बन्धी बानी सुधार नगरे रोगप्रतिरोधक शक्ति क्षीण भएर शरीर चिसो एवं अनुहार कान्तिहीन हुनुका साथै हामी बिरामी पनि भैरहन्छांै।
मानव स्वास्थ्यमा पाचन प्रणालीको भूमिका
मानव शरीरभित्र लाग्ने सबै खाले रोगको मुख्य कारण शरीरभित्रको अजीर्ण अथवा कब्जियत र अम्ल हो। यी दुई शारीरिक समस्याको सुरुआत हुनुको कारण हामी आफंैले गलत खानपान चयन गर्नु, अनियमित समयमा खानु, अस्वस्थकर खाना खानु, हतारमा खाना खानु, प्रशस्त चपाएर नखानु, आवश्यकभन्दा धेरै खाना खानु, खानासँगै बीच–बीचमा पानी पिउनु आदि नै हुन्। स्पष्ट शब्दमा भन्ने हो भने हामीले आफ्नो भुँडीलाई फोहोर थुपार्ने भाँडामा परिवर्तन गरिरहेका छौं। बुझ्नुपर्ने कुरा के हो भने स्वस्थ शरीरका लागि पाचनप्रणाली चुस्त–दुरुस्त राख्नुपर्छ।
खाना, आहारको स्वभाव–प्रतिक्रिया आफंै निरीक्षण गरौं
यस्ता चीजबाट बच्नुपर्छ
राजेन्द्रबहादुर श्रेष्ठ