Successfully Copied

करिअरका लागि सन्तुलित वजन

विभिन्न स्वादिला परिकार भनेपछि हुरुक्कै हुने छुल्ठिमलाई पहिले स्लिम हुनुपर्छ, राम्रो देखिनुपर्छ भन्ने सोच पलाएन । टिनएजमै विवाह गरी गृहिणी भएकी गुरुङलाई दुब्लाउनुपर्छ भन्ने पनि लागेन तर रेडियोमा काम गर्न थालेपछि उनलाई स्टेज शोहरूबाट बोलाइन थालियो ।

छुल्ठिम गुरुङ, नायिका

विभिन्न स्वादिला परिकार भनेपछि हुरुक्कै हुने छुल्ठिमलाई पहिले स्लिम हुनुपर्छ, राम्रो देखिनुपर्छ भन्ने सोच पलाएन । टिनएजमै विवाह गरी गृहिणी भएकी गुरुङलाई दुब्लाउनुपर्छ भन्ने पनि लागेन तर रेडियोमा काम गर्न थालेपछि उनलाई स्टेज शोहरूबाट बोलाइन थालियो । दर्शकमाझ उभिँदा 

आफ्नो मोटोपनका कारण उनलाई असहज फिल भयो । केही म्युजिक भिडियोमा अभिनय गरेपछि त छुल्ठिमलाई आफ्नो ७५ केजीको शरीर जसरी पनि घटाउनुपर्छ भन्ने लाग्यो । मनोरञ्जन क्षेत्रमा आएपछि उनको स्लिम हुने प्रक्रिया सुरु भयो । छुल्ठिमले आफूलाई ३ महिनाभित्रै ७५ केजीबाट ४५ केजीमा झारिन् । शरीर घटाउन उनले खाने इच्छालाई दबाउनुपर्‍यो । उनले व्यायाम, जिम तथा योगलाई नियमितता दिँदै खानामा नियन्त्रण गरिन् । ३–४ महिना त उनले जुस तथा फलफूल मात्र खाएर मोटोपनसँग संघर्ष गरिन् ।

त्यस क्रममा गुरुङले भात मुखमै हालिनन् भने चिल्लो, पिरो पनि पूरै बारिन् । अहिले पनि उनी उसिनेका तथा उमालिएका परिकार मात्र खान्छिन् । उनी बिहान नियमित जगिङ, मेडिटेसन तथा एक घन्टा एक्सरसाइज गर्छिन् । त्यसपछि डान्स, स्वीमिङ पनि उनका नियमित कार्यभित्रै पर्छन् । छुल्ठिम स्लिम भएपछि आफूमा आत्मविश्वास बढेको अनुभव सुनाउँछिन् । 

सञ्चिता लुईंटेल, नायिका

व्यस्त नायिका सञ्चिता जब पहिलो पटक आमा बनिन् तब उनको तौल ४० किलो बढ्यो । आफ्नो सन्तानको स्वास्थ्यका लागि गर्भावस्थामा उनले राम्रोसँग खाना खाइन् भने पर्याप्त आराम पनि गरिन् । आमा बन्ने क्रममा उनले आफ्नो करिअरलाई पनि त्यति ध्यान दिइनन् । त्यसको लगत्तै दोस्रो सन्तानकी आमा बनेकी सञ्चितामा अब दुब्लाउन नसकिने हो कि चलचित्रमा काम गर्न नपाइने हो कि ? भन्ने पिर थियो । उनमा अभिनयप्रति असाध्यै रुचि थियो । दोस्रो शिशु जन्माउँदा त उनी ९० किलोसम्म पुगेकी थिइन् ।

बालबच्चा एक वर्षजतिका भएपछि भने उनलाई आफ्नो तौल भार लाग्न थाल्यो । सञ्चिताले त्यसपछि हेल्थ क्लब ज्वाइन गरिन् । पर्याप्त व्यायाम गर्न तथा सन्तुलित भोजन खान थालेपछि उनको मेहनतले काम गर्‍यो । गुलियो, चिल्लो पटक्कै नखाई आफूलाई मेन्टेन गरेकी सञ्चिताले नाइँ नभन्नु ल–२ मा अभिनय गर्दा आफ्नो तौल ३० किलो घटाई आफूलाई ६० किलोकी बनाइन् । बिहान नियमित जिम जाने सञ्चिता सुप तथा जुस बढी खान्छिन् । उनी बेलुका भात खान्नन् भने हल्का डिनर ७ बजेभित्र नै खाइसक्छिन् । बेलुकी ९ बजेभित्र सुतिसक्ने सञ्चिता बिहान ५ बजे उठेर घरको नियमित काम सकी बच्चाहरूलाई स्कुल पुर्‍याउँछिन् र क्लब जान्छिन् । अहिले आफूलाई फिट बनाइसकेकी सञ्चिता सन्तान जन्माएपछि पनि फिट भएर काममा लाग्न सकिन्छ भन्ने कुराकी उदाहरण हुन् । 

 Image