Successfully Copied

स्वास्थ्य संस्थामा सुत्केरी गराउन फोनबाट निम्तो

गत शनिवार घाम तापेर वसिरहेकी नवलपरासी गैडाकोट १२ मटकुरीकी प्रेम कुमारी महतोलाइ स्थानीय स्वयंसेवीका सविना महतोको मोवाइलबाट फोन आयो ।

गत शनिवार घाम तापेर वसिरहेकी नवलपरासी गैडाकोट १२ मटकुरीकी प्रेम कुमारी महतोलाइ स्थानीय स्वयंसेवीका सविना महतोको मोवाइलबाट फोन आयो । उनले प्रेम कुमारीलाई स्वास्थ्य संस्था जाने तयारीहुनको लागि फोन गरेकी रहेछीन् । किनकी १६ माघमा स्वास्थ्य कार्यकर्ताले प्रेम कुरमारीलाई सुत्केरी हुने दिन तोकिदिएका छन् ।  

प्रमे कुमारी मात्र हैन उनको क्षेत्रमा भएका सवै गर्भवती महिलाको सुत्केरी हुने मिती नजिकिएपछि सविना फोनबाट या घरमै पुगेर सुत्केरी हुन स्वास्थय संस्थामानै पठाउँछिन् । उनले आफ्नो क्षेत्रमा भएका सवै गर्भवती महिलाको नाम ठेगाना र फोन नम्बर टिपेर राख्ने गरेकी छन् । त्यसरी गर्भवती हुन स्वास्थ्य संस्थामा नै पाठाउने गरेका कारण तीन वर्ष देखी गैडाकोटको पितौजीघाट क्षेत्रमा नवजात शिशु मृत्यु भएको छैन भने मातृ मृतयुदर पनि छैन । मटकुरी क्षेत्रमा थारु, मगर र दलीत वस्ती रहेको छ । चार पाच वर्ष अघि सम्म वर्षको तीन देखी चार ओटा नवजात शिशु मृत्यु हुने गरेको थियो । ‘मटकुरीमा चार पाँच वर्ष अघि सम्म घरमै सुत्केरी गराउने चलन थियो, त्यसले गर्दा वर्षको दुई चार नवजात शिशुको मृत्यु हुने गरेको थियो ।’ उनले भनिन् ‘अहिले सवै स्वास्थ्य संस्था गएर सुत्केरी गराउन थालेका छन् त्यसले मातृ र शिशु मृत्युदर छैन ।’

आफ्नो क्षेत्रमा भएका गर्भवतीहरुको सुत्केरी हुने मिति हेर्दै मट्कुरीकी स्वयंसेवीका सवीना महतो। 

त्यसो त गैडाकोट ११ कि हुमा कुमारी महतोले २०५५ सालमा पछिल्लो सन्तान जन्माउदा पनि घरमै जन्माएकी थिइन् । तर अहिले उनी सो वाडकी स्वयंसेवीका छीन् । अहिले उनको वाडामा घरमा सुत्केरी हुने महिला पाउन सकिदैन । उनी आफै गर्मवती रहेका महिलाहरुको  सुत्केरी हुने दिन कुन हो भनेर कापीको पन्ना पल्टाएर वस्छिन् र मिती नजिक आउनसाथ फोनबाट सम्झाउने या आफै सुत्केरीको घर पुगेर स्वास्थ्य संस्था पठाउछिन् ।  स्वास्थ्य संस्था पठाउने मात्र नभएर वच्चा जन्मीएर आएपछि पनि पटक पटक उनी स्वास्थ्य अवस्था बुझ्न पुग्ने गरेकी छन् । ‘वच्चा जन्मेर आएपछि कम्तीमा पनि तीन पटक स्वास्थ्य अवस्था बुझ्न पुग्ने गरेकी छु ।’ उनी भन्छीन् ‘आमा र वच्चमा केही समस्या देखीए तत्काल स्वास्थ्य संस्था जान सल्लाहा दिने गरेका छौ ।’

महतोको क्षेत्रमा पर्ने पितौजीघाट स्वास्थ्य चौकीले स्वयंसेवीकाहरुलाई नवजात शिशु र आमाको अवस्था दिन विरामएर जानकारी गराउनुपर्ने नियम वनाएको छ । यस स्वास्थ्य संस्थाको कार्यक्षेत्र विशेष गरी गैडाकोट नगरपालीकाको वडनं. १० देखी १३ सम्म रहेको छ । नियमित स्वाथ्य कार्यकर्ता र स्वंसेवकीका हरुको निग्रानीमा गर्भवती महिला र नवजात शिशुको हेरचाहाका हुने भएकोले आफ्नो क्षेत्रभित्र पछिल्ला दुई वर्ष देखी नवजात शिशुको मृत्यु नभएको स्वास्थ्य संस्थाका इन्चार्ज यम बहादुर क्षेत्रीको दावी छ । त्यसका साथै यस क्षेत्रमा नियमित गर्भ जाच गराउन आउने र स्वास्थ्य संस्थामा गएर सुतकेरी हुने शत प्रतिशत रहेका छन् । ‘हाम्रो कार्य क्षेत्र भित्र पछिल्ला दुई वर्ष देखी एउटा पनि नवजात शिशुको मृत्यु भएको छैन ।’ उनी भन्छन् ‘यसको प्रमुख कारण भनेको गर्भअवस्थामा नियमित जाच गर्ना आउनु, सुत्केरी हुन स्वास्थ्य संस्थामा जानु र त्यसपछिको वच्चा र आमाको स्वास्थ्यको स्वास्थ्य कार्यकर्ताबाट नियमित हेरचाहा र स्यार हुनु नै हो ।’ 

नयाँ गर्भवतीहरु छलफल पछि महिला स्वास्थ्य स्वेमसेवीकाहरु ।

वच्चा जन्मीएपछि लगाइने नियमित खोपको प्रभाव पनि सो पितौजीघाट क्षेत्रको सत प्रतिशत रहेको छ । त्यसका साथै  समय सरकारले उपलब्ध गराएको नाभी मलमले नाभीमा हुने संक्रमण पनि न्यून रहेको इन्चार्ज क्षेत्री  बताउँन् । सुरुका दिनमा केही समुदायमा यो मलमले नावी ढिलो झर्ने भनेर पिर गरेतापनि अहिले सवैले बुझिसकेको उनको भनाइ छ । ‘सुरु सुरुमा नाभी मलमले ढिलो नाभी झर्‍यो भन्ने गुनासो आउथ्यो ।’ उनले भने ‘यसले केही ढिलो हुन्छ भनेर अहिले सवैले बुझ्न थालेका छन्, सवैले लगाउछन् त्यही भएर संक्रमण पनि घटेको छ  ।’

जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका अनुसार सो पितौजी स्वास्थ्य चौकी क्षेत्रको स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने प्रतिशत पनि शत प्रतिशत रहेको छ । यसरी सत प्रतिशत स्वास्थयसंस्थामा सुत्केरी हुन आउनु भनेको त्यहाबाट प्रदान हुने सेवामा जनताको विश्वास जितेको जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत रामजनम कुर्मी  बताउँन्। ‘नवजात शिशु सेवा र संस्थागत सुत्केरी सेवा प्रदान गर्नेमा सो स्वास्थ्य संस्था जिल्लाकै नमुना रहेको छ ।’ उनले भने ‘पछिल्ला केही वर्ष देखी यहाको मातृमृत्युदर र नवजात शिशु मृत्युदर शुन्य रहेको छ । 

गाउँघर क्लीनिकमा गएका बखत भर्खरै सुत्केरी भएर घर गएकी महिला र उनको वच्चाको स्वास्थ्य अवस्था बुझ्न पुगेका स्वास्थ्य कार्यकर्ता । 

सो स्वास्थ्य संस्थामा मासिक २५ देखी ३० जना सुत्केरी गराउन आउने गरेका छन् । प्रसुती गराउन ४ अनमीले तालिम लिएका छन् । ४ जनाले तालिम लिएको हुदा स्वास्थ्य चौकीमा जनशक्तीको पनि अभाव नहुने निरिक्षक क्षेत्री   बताउँछन् । उनिहरुको दक्षताले गर्दा  कुनै जटीलता देखीन साथ दतत्काल नजिकैको अस्पताल रिफर गर्ने गरेको छ । स्वास्थ्य चौकीमा सुत्केरी महिलाको लागि हरेक सोमवार हप्ताको एक पटक भिडीयो एक्सरेको सेवा दिइएको छ ।  त्यसका साथै स्वास्थ्य चौकी भएर पनि  २४ सै घण्टा सेवा प्रदान गर्दै आएको छ । भने वच्चको लागि पोषण कार्यक्रम संचालनको साथै २ ओटा गाउघर क्लीनिक र ५ ओटा खोप केन्द्र संचाल गर्दै आएको छ । सो कार्यक्रममा जादा पनि नवजात शिशुहरुको अवस्थाको वारेमा आफुहरुले हेर्नेगरेको अनमी कविता पौडेल बताउँछिन् । ‘हामीले संचालन गरेका गाउघर क्लीनिक र खोप केन्द्रमा जादा पनि नवजात शिशुहरुको स्वास्थ्य अवस्था जाच गरेर आउछौ ।’ उनी भन्छीन् ‘स्वास्थ्य स्वयंसेवीका देखी लिएर स्वास्थ्य कार्यकर्ता सवैको प्राथमिकतामा नवजात शिशु पर्नेगरेका छन् ।’  

गर्भवती भएपछि डेराको वास

गर्भवती भएपछि डेरामा लिएरै बस्नुपर्छ भन्दा अनौठो लाग्छ । तर रतनपुरी गाविस टाडीमट्कुरी ८ का महिलाहरुलाई गर्भवती भएपछि नियमित स्वास्थ्य जाच गर्नकोलागि डेरानै लिएर वस्नुपर्ने बाध्यता रहेको छ ।  पहाडी जिल्ला यातायातको सहज पहुच नभएको हुदा डेरा वस्नुपर्ने वाध्यता रहेको टाडीका सन्त बहादुर किजुङ्ग  बताउँछन्  । उनि श्रमितीलाई लिएर विगत चार महिनादेखी पितौजीघाट स्वास्थ्य चौकी छेउको घरमा डेरा लिएर बसेका छन् । उनि आफुमात्र नभएर आफ्नो गाउका धेरै पुरुषहरु श्रीमती गर्भवती हुदा डेरा वस्न झर्नेगरेको  बताउँछन्  ।

‘केही महिला अघि मेरै गाउका जयन्ती थापा मगर पनि यही डेरा वसेर वच्चा जन्माएको हो ।’ उनले भने ‘आफ्नो गाउमा स्वास्थ्य चौकी पुगनै गाह्रो छ भएपनि साह्रो गाह्रोमा यतै ल्याउनुपर्छ, वेलैमा आएर डेरा बस्यो सजिलो हुन्छ ।’ किजुङ्गका अनुसार रतनपुरीमा आधा भन्दा बढी महिला घरमै सुत्केरी हुने गरेका छन् भने आधाभन्दा धेरै पितौजीघाट र चितवनका अस्पतालमा जाने गरेका छन् । 

नवलपरासीबाट फर्किएर 

 Image