Successfully Copied

संकेतबाट थाहा पाउन सकिन्छ स्वास्थ्य

सबैलाई सधै स्वस्थ रहने चाहना हुन्छ । मानिसहरू खानपान तथा व्यायामको माध्यमबाट स्वस्थ रहने प्रयास गर्छन् । यति हुँदाहुँदै पनि स–साना शारीरिक लक्षण देखा परेमा बेवास्ता गरिन्छ तर पछि यही समस्याले ठूलो बिरामीको रूप लिनसक्छ ।

सबैलाई सधै स्वस्थ रहने चाहना हुन्छ । मानिसहरू खानपान तथा व्यायामको माध्यमबाट स्वस्थ रहने प्रयास गर्छन् । यति हुँदाहुँदै पनि स–साना शारीरिक लक्षण देखा परेमा बेवास्ता गरिन्छ तर पछि यही समस्याले ठूलो बिरामीको रूप लिनसक्छ । त्यसैले स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ । 

४० वर्षभन्दा पहिले सेतो केश : केश सेतो हुनु बढ्दो उमेरको लक्षण हो । हिजोआज केही स्वास्थ्य समस्याका कारण पनि कम उमेरमै केश सेतो हुन्छ । ४० वर्षको उमेरपछि केश सेतो हुन थाल्नु सामान्य भए पनि ३० वर्षभन्दा पहिले आधा केश सेतो भएमा मधुमेहको कारण हुनसक्छ । त्यसैले सुगर लेबल जाँच गराउनुपर्छ । 

आँखा पहेंलो हुनु : आँखाको सेतो भाग सधै सेतो नै हुनुपर्छ । यो भाग पहेंलो देखिएमा जन्डिस, कलेजो तथा पित्तथैलीको समस्याको संकेत हुनसक्छ । त्यसैगरी रातो देखिएमा भने उच्चरक्तचाप तथा भाइरल डिजिज हुन सक्छ । 

सुख्खा तथा फुटेको ओठ : जाडो मौसममा तापमान परिवर्तनका कारण ओठ फुट्नु सामान्य हो । तर ओठ सधै फुटिरहेमा भने ओठबाट धेरैपटक रगत निस्के तथा पीडा भए भिटामिन बी तथा जिंकको कमीको संकेत पनि हुन सक्छ । फंगल इन्फेक्सनका कारण पनि यस्तो हुनसक्छ ।

घाँटी सुन्निनु : घाँटी सुन्निएको महसुस भएमा हल्का रूपमा लिनुहुँदैन । तुरुन्तै चिकित्सककहाँ जानुपर्छ । घाँटीको अगाडिको भाग सुन्निनु थाइराइडको संकेत हुनसक्छ ।

आइब्रो कम हुनु : उमेर वृद्धिसँगै आखीभौं कम हुनथाल्छ । यो सामान्य हो तर अचानक आखीभौं धेरै नै कम भएमा भने थाइराइड, हाइपरथाइराडिज्म तथा ओभरएक्टिभ थाइराइड हुनसक्छ ।

हत्केला रातो हुनु : हत्केला रातो भएमा डर्मटाइटिस, एग्जिमा, धातु, औषधि, खानेकुरा तथा ड्रिंक्सको एलर्जिक रियाक्सनको संकेत हुन सक्छ । 

नङको परिवर्तन : नङ स्वास्थ्य पहिचान गर्ने उत्तम संकेत हो । शरीरमा कुनै किसिमको समस्या भएमा नङमा परिवर्तन देखा पर्न थाल्छ । त्यसैले स्वास्थ्यको ख्याल राख्नका लागि नङ हेर्नुपर्छ । 

खुट्टा चिसो हुनु : अचानक खुट्टा चिसो भएमा सतर्क हुनुपर्छ । यसले शरीरमा रक्तसंचार ठीकसँग भैरहेको छैन भन्ने कुराको संकेत गर्छ । खुट्टा पटक–पटक चिसो भैरहेमा थाइराइड पनि चेक गराउनुपर्छ।

अनुहार रातो हुनु : हर्मोनल परिवर्तन, तापमान परिवर्तन तथा तातो खाना खाँदा अनुहारको रंग परिवर्तन हुन्छ । छाला रोगको संकेत पनि हुनसक्छ । क्रोनिक स्किन डिजिज महिलामा धेरै हुन्छ । 

पटक–पटक चिलाइरहनु : छालामा पटक–पटक चिलाइरहनु एलर्जी तथा छालासम्बन्धी अन्य समस्या हुनसक्छ । त्यसैले पटक–पटक तथा धेरै नै चिलाए सतर्क हुनुपर्छ । यो कलेजो रोगका कारण पनि हुनसक्छ । 

 Image