सूर्यमुखीको तेलले छालाको लचिलोपन बढाएर रिङ्कल र समयपूर्व देखिने बढ्दो उमेरको चिन्हलाई कम गर्छ । यसले छालालाई सन ड्यामेज हुनबाट पनि जोगाउँछ।
यसलाई सीधै छालामा प्रयोग गर्न सकिन्छ । यो तेलले मालिस गर्ना छालाको इलास्टिन र कोलाजन कायम रहन्छ, यसबाट छाला जवान देखिन्छ । यसले पिम्पलबाट जोगाउँछ । यसको लेयरले छालालाई ब्याक्टेरियल इन्फेक्सनबाट जोगाएर सुरक्षित आवरण प्रदान गर्छ । जसका कारण ब्याक्टेरिया छालाको सीधा सम्पर्कमा आउँदैन र पिम्पल सिर्जना हुन पाउँदैन ।
मोइस्चराइजिङ प्रोडक्टमा यो तेलको केही थापा मिसाएर पनि प्रयोग गर्न सकिन्छ । यसले नरमपन त प्रदान गर्छ नै साथै उक्त नरमपनलाई लामो समयसम्म कायम पनि राख्छ । डेढ कप सनफ्लावर आयलमा तीन कप सख्खर मिसाएर त्यसलाई बडी स्क्रबका रूपमा प्रयोग गर्न सकिन्छ । मनतातो पानीले नुहाएपछि सनफ्लावर आयलबाट अनुहार तथा बडी मसाज गर्नु लाभदायक हुन्छ । यसबाट आँखा वरपर मसाज गरी त्यो ठाउँका मसिना रेखालाई कम गर्न सकिन्छ ।अरु तेलको तुलनामा पातलो हुने भएकाले यो तेलले मसाज गर्नु अझ सहज हुन्छ र यो सजिलै छालामा सोसिन्छ । यसलाई नुहाउने पानीमा पनि मिसाउन सकिन्छ ।