मुख किन गन्हाउँछ ?
दाँत सफा गर्न ‘डेन्टल फ्ल्स’ पाइन्छ । यो धागो हो जसले दुईवटा दाँतको बीचको भागमा सफा गर्छ । कसैकसैले सिन्का वा टुथपिकको सहायताले दाँत कोट्याउँछौं । यसले झन् दुईवटा दाँतबीच ग्याप हुन्छ र खानेकुरा अड्किन्छ ।
प्रतिस्पर्धी जमाना, अरूभन्दा अघि बढ्ने होड, अनियमित दिनचर्या, पारिवारिक कारण आदिले मानिसलाई तनावमा राख्छ । यसकारण धेरै किसिमका समस्या सामना गर्नुपर्छ ।
हालै सम्पन्न एक शोधअनुसार तनाव मानसिक रोगका साथै छालासम्बन्धी रोगको कारण पनि हुन सक्छ । तनावका कारण मांसपेशी तन्किन थाल्छ । यसले गर्दा अनुहारमा कालो दाग तथा चाउरीपन देखापर्छ । तनावले शरीरमा कोर्टिसोलको मात्रा बढाउँछ र मानिस समय अगावै बूढो देखिन्छ ।