नेपालमा प्रत्येक वर्ष ६ देखि सात लाख महिला गर्भवती हुने नेपाल सरकारको तथ्यांक छ । त्यसमध्ये ६० प्रतिशत योजनाबद्ध रूपमा गर्भवती हुन्छन् भने ४० प्रतिशत योजनाविना नै गर्भवती हुने गरेका छन् । योजना नै नबनाई गर्भवती भएका महिलामा पनि ५४ प्रतिशतले गर्भपतन गराउाछन् । यसरी योजनाविना नै गर्भवती हुादा धेरै युवतीमा अनावश्यक तनाव हुन जान्छ । साथै, यो अवस्थामा देखिने स्वाभाविक परिवर्तनदेखि लिएर कहिलेकाहीा हुने जटिल अवस्थाको विषयमा पनि उनीहरूलाई थाहा हुादैन । त्यसकारण योजनाबद्ध रूपमा गर्भधारण हुनु नै उपयुक्त हुने प्रसुती तथा स्त्रीरोग प्रा.डा. जागेश्वर गौतम बताउाछन् ।
गर्भावस्थामा हुने परिवर्तन र जटिलता थाहा भएका युवतीहरूमा सो समयमा त्यति धेरै समस्या नपर्ने उनको भनाइ छ । ‘युवतीहरूलाई कहिलेकाहीा गर्भावस्थामा हुने सामान्य परिवर्तनका विषयमा पनि जानकारी हुादैन र धेरै आत्तिएको पाइन्छ,’ उनी भन्छ, ‘कहिलेकाहीा अज्ञानताकै कारण गर्भवती र बच्चाको अवस्था जटिल भइसक्दा पनि स्वास्थ्य संस्थामा गएको पाइादैन ।’
योजनाबद्ध रूपमा गर्भवती भएपछि पनि गर्भावस्थाको नियमित परीक्षण गर्नुपर्ने स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवाल बताउाछिन् । ‘गर्भवती भएपछि कम्तीमा पनि चारपटक स्वास्थ्य संस्था गएर गर्भ जााच गराउनुपर्छ,’ उनी भन्छि, ‘अझ गर्भ असामान्य अवस्थामा छ या महिलामा विभिन्न किसिमका समस्या देखिएका छन् भने विशेष ख्याल गर्नुपर्ने हुन्छ ।’
गर्भवती हुने योजना बनाएपछि
गर्भावस्थामा हुनसक्ने सामान्य शारीरिक परिवर्तनहरू
(नोट यस्ता समस्या आफौ ठीक हुन्छ।)
गर्भावस्थाका असामान्य अवस्था
योनीबाट पिसाबजस्तो पातलो पानी जानु ।
रक्तश्राव हुनु ।
लगातार टाउको दुखेमा, रिंगटा लागेमा, पिसाबको मात्रा कम हुनु ।
बढी खोकी लाग्नु ।
बच्चा नचलेमा या कम चलेमा (१२ घन्टामा कम्तीमा १० पटक चल्नुपर्छ)
बच्चा तेर्सो या उल्टो बस्नु ।
गर्भवती भएपछि
सुत्केरी भएपछि
महिलामा बच्चा बन्न चाहिने अन्डा हुन्छ । जुन अन्डासयमा रहेको हुन्छ । यो निश्चित समयसम्म हुन्छ । जब अन्डाहरू सिद्धिन्छन् महिलाको रजस्वला वा मासिक धर्मको चक्र सकिन्छ । प्राय यो चक्र ४७ वर्षको उमेर सेरोफेरोमा सकिने गरेको पाइन्छ । मासिक धर्म रोकिनु १० वर्षअगाडि नै महिलामा उर्वरता न्यून भइसकेको हुन्छ । कुनै–कुनै महिलामा करिब शून्यकै अवस्थामा पुगिसकेको हुन्छ । त्यसकारण महिला ३५ वर्ष कटेपछि बच्चा रहने सम्भावना कम हुन्छ । अन्डाको विकासमा कमी हुनुसागै उमेर बढ्दै जाादा देखिने शारीरिक समस्याले पनि असर गर्ने प्रा.डा. गौतम बताउाछन् ।