कस्मेटिक गाइनेकोलोजी भनेको के हो ?
कस्मेटिक स्त्री रोग विज्ञानको उद्देश्य दृष्टिकोण वा प्रक्रियामा सुधार गर्नको लागि हो । धेरै अवस्थामा दुवै लक्ष्यहरु एक साथ पुरा हुन्छन् । यी सर्जिकल तथा नन–सर्जिकल प्रक्रियाहरुले सुधार गर्न सकिन्छ ।

डा.पंकज जालान, स्नायु रोग विशेषज्ञ, नर्भिक इन्टरनेसनल हस्पिटल
३५ वर्षीया उर्मिला केसी कामकाजी महिला हुन् । कुर्सीमा बसेर काम गर्दा उनको पिठ्युँ दुख्न थालेको छ । यसैगरी ४५ वर्षीया आशालाई पनि हिजोआज टेलिभिजन हेर्दा गर्धन दुख्छ । महिलाहरूलाई बढी मात्रामा पिठ्युँ तथा गर्धन दुख्ने समस्या हुने गरेको छ । नर्भिक इन्टरनेसनल हस्पिटलका स्नायु रोग विशेषज्ञ डा. पंकज जालानका अनुसार २०–२५ वर्षको उमेरपछि बिस्तारै ढाडको हड्डी खिइन थाल्छ ।
निहुरेर काम गर्नुपर्ने भएकाले यस्तो समस्या सिर्जना भएको हो । बालबालिकाहरूको स्याहार, घर अनि अफिसको काम आदि जिम्मेवारी पूरा गर्ने महिलामा यो समस्या अझ बढी देखा पर्छ ।
कसरी छुटकारा पाउने ?
गर्धनको पीडा
पिठ्युँ तथा गर्धनको पीडाबाट हातखुट्टामा असर पर्न सक्छ । त्यसबाट हातखुट्टाको नसा च्यापिने, झमझम गर्नेजस्ता समस्या उत्पन्न हुन्छन् । त्यसैले समयमै चिकित्सकको सहयोग लिनुपर्छ ।