किन आउँछ गिजामा समस्या ?
गिजाको रोग लाग्नु भनेको गिजा,हड्डी र पेरियोडेन्टल लिगामेन्टमा समस्या बढ्दै जानु हो ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/lifestyle/6-1690270817.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/lifestyle/6-1690270817.jpg&w=1000&height=600)
रश्मि बजिमय श्रेष्ठ, डाइटिसियन, किस्ट मेडिकल कलेज
जाडो महिनामा कस्तो खाना खानुपर्छ ?
जाडो वा गर्मी दुवै मौसममा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, पानी सबै समावेश भएको सन्तुलित खाना आवश्यक हुन्छ । उमेर र कामअनुसार खानेकुराको मात्रा फरक पर्छ ।
जाडो मौसममा खाना बढी रुच्नुको कारण के होला ?
जाडो मौसममा मेटाबोलिज्म बढी हुन्छ । यसले गर्दा पनि बढी खाना रुच्छ । बाहिरी तापक्रम कम भएका कारण शरीरको तापक्रम ठीक राख्न बढी शक्ति (क्यालोरी) खर्च हुन्छ । यसकारण आवश्यकता बढी भएअनुसार माग पनि बढी हुन्छ र बढी खान मन लाग्छ । यसैगरी जाडो मौसममा घाममा बढी बस्दा शरीर सुख्खा हुन्छ र पानी बढी पिइन्छ । शरीर तताउन सुप, चिया आदिको सेवन पनि बढी नै गरिन्छ । चिसोका कारण खानेकुरा फ्रेस हुने भएकाले पनि बढी खान मन लाग्छ ।
यो मौसममा उमेरका हिसाबले कस्तो खाना खानुपर्छ ?
उमेरअनुसार पौष्टिक तत्वको मात्रा फरक पर्ने भएकाले खानाको मात्रा र तरिका त फरक पर्छ नै तर पनि खाना सन्तुलित नै हुनुपर्छ । जाडो महिनामा बालबालिका तथा वृद्धवृद्घालाई चिसोले बढी सताउने भएकाले होसियारी अपनाउनुपर्छ । तातो तरकारी, मासु वा गेडागुडीको सुप, तातो दूधका साथै फलफूलहरू खानामा समावेश गर्नु उपयुक्त हुन्छ जसले रोगप्रतिरोधात्मक शक्ति प्रदान गर्छ ।