‘आँखामा जलबिन्दु हुनसक्छ’
आँखामा कुनै समस्या र लक्षण नदेखिए पनि धेरैमा दृष्टि स्यानु रोग ‘जलबिन्दु’ पाइएको छ । यसका लागि नियमित आँखाको जाँच गराउनुपर्छ, समयमै रोगबारे जानकारी पाए रोगको निदान गरी दृष्टिदोषबाट बच्न सकिन्छ ।
निद्रा पूरा नहुँदा पटक–पटक हाई आउँछ । यद्यपि यो कुरा सत्य नहुन सक्छ । चिकित्सकहरूका अनुसार धेरै हाई आउनु धेरै किसिमका बिरामीको संकेत हुनसक्छ । जस्तो कि मुटु रोग, हाइपोथाइराइड, स्नायुप्रणालीको गडबडी, निद्रामा कमी, शक्तिको मात्रा कम हुनुजस्ता कारणले हाई आउँछ । यसैगरी कतिपय औषधिको साइडइफेक्टका कारण पनि हाई आउँछ । त्यसैले बारम्बार हाई आए त्यसको कारण पत्ता लगाउनुपर्छ ।