मनोरोगलाई होल बडी चेकअपमा राख्नु जरुरी
मानसिक रोग कुनै रगत जाँच, सिटिस्क्यान तथा एक्सरेबाट देखिदैन । साधारण भावनात्मक कुराबाट बाहिर निस्किएर त्यसैबाट पत्ता लाग्छ । लक्षणका आधारमा नै यो रोग पत्ता लगाउने हो ।
प्रतिस्पर्धी जमाना, अरुभन्दा अघि बढ्ने होड, अनियमित दिनचर्या, पारिवारिक कारण आदिले मानिसलाई तनावमा राख्छ । यसकारण धेरै किसिमका समस्या सामना गर्नुपर्छ । हालै सम्पन्न एक शोधअनुसार तनाव मानसिक रोगका साथै छालासम्बन्धी रोगको कारण पनि हुन सक्छ । तनावका कारण मांसपेशी तन्किन थाल्छ । यसले गर्दा अनुहारमा कालो दाग तथा चाउरीपन देखापर्छ । तनावले शरीरमा कोर्टिसोलको मात्रा बढाउँछ र मानिस समय अगावै बूढो देखिन्छ ।
मन खोलेर रुँदै स्वस्थ बनौं
कतिपयलाई रोएर पनि स्वस्थ रहन सकिन्छ र भन्ने लाग्न सक्छ । रुँदा प्रशस्त फाइदा हुने कुरा हालैको एक शोधमा उल्लेख छ ।
–रुँदा भावनात्मक रूपमा स्वस्थ रहन सकिन्छ ।
–रुँदा तनाव टाढा हुनुका साथै शरीरमा भएको तनावको टक्सिन बाहिर निस्कन्छ ।
–रुँदा आँखा सफा हुन्छ । यसले गर्दा आँखा स्वस्थ रहन्छ ।
–रोएपछि राम्रो हर्मोन्सको स्राव हुन्छ । यसले मुड फ्रेस राख्छ ।
–त्यसैले विज्ञहरू भन्छन्– मन खोलेर रोऔं र स्वस्थ बनौं ।