प्राकृतिक तरिकाबाट बच्चा जन्माउँदा धेरैलाई पिसाब चुहिने समस्या देखा पर्दछ -डा. रोजी शर्मा
पिसाब चुहिने समस्यालाई मेडिकल भाषामा स्ट्रेस युरिनरी इनकन्टिनियन्स (एसयूआई) भनिन्छ ।
–गहुँ र चामलमा कीरा लाग्ने सम्भावना हुन्छ । त्यसैले यिनलाई हावा नछिर्ने भाँडामा राख्नुपर्छ । कपूरलाई कपडामा बाँधेर चामलको जारमा राख्दा कीरा पर्दैन । यसका लागि निमको पात पनि प्रयोग गर्न सकिन्छ । आटामा तेजपात हालेर राख्दा कीराबाट जोगिन सकिन्छ । चिप्स, पापड छ भने दालका साथमा घाममा राख्नुपर्छ र सुकाएपछि त्यसलाई डब्बामा भर्नुपर्छ । चिनी र नुनलाई चिपचिप हुनबाट जोगाउन काँचको डब्बामा राख्नुपर्छ । यसमा ल्वाङ वा काँचो चामलको दाना पनि मिसाउन सकिन्छ ।
–मसलालाई फ्रिजमा राख्दा त्यसको स्टोरेज क्षमता बढ्छ । पाउरोटीको सानो प्याकेट मात्र खरिद गर्नुपर्छ, कारण सानो प्याकेट सुरक्षित राख्न सहज हुन्छ । ब्रेडमा चाँडै ढुसी लाग्ने समस्या हुन्छ । फलफूल तथा तरकारीलाई राम्रोसँग धोएर जिपलक भएको ब्यागमा हाली फ्रिजमा राख्नुपर्छ । खाएर बचेको खाना वा बढी भएको खानालाई चिसो बनाएर फ्रिजमा राख्नु उपयुक्त हुन्छ । यस्तो खानालाई २४ घन्टासम्म प्रयोगमा ल्याउन सकिन्छ । खानालाई एक पटकभन्दा बढी तताउनु हुँदैन । ननभेज खाद्य सामग्रीलाई अरू खाद्य सामग्रीभन्दा छुट्टै राख्नुपर्छ । समय–समयमा फ्रिज सफा गरिरहनुपर्छ ।
–सामान राख्ने भाँडालाई वर्षामा परिवर्तन गर्नुपर्छ । हरेक मौसमको फरक–फरक आवश्यकता हुन्छ । दालमोट, बिस्कुटजस्ता खाद्य सामग्री वर्षामा ओसिने भएकाले तिनलाई हावा नछिर्ने भाँडामा राख्नुपर्छ । यसबाट तिनको स्वाद कायम रहनुका साथै लामो समयसम्म राख्न सकिन्छ । आटा र दाललाई पनि हावा नछिर्ने भाँडामा राख्नुपर्छ । बजारमा हावा नछिर्ने जिपलक ब्याग पनि पाइन्छन् ।
–गर्मीमा स्वास्थ्यको ख्याल राखेझैं वर्षामा पनि स्वास्थ्यसम्बन्धी सजगता अपनाउनुपर्छ । वर्षामा स्वास्थ्यसम्बन्धी लापरबाही गर्दा बिरामी हुन सकिन्छ । यो मौसममा ज्वरो, रुघाखोकी, डायरिया तथा मलेरिया आदिबाट जोगिन खानपानमा विशेष ध्यान पुर्याउनुपर्छ । केही गाह्रो भए पनि यो मौसममा तारेको–भुटेको खानाबाट टाढै रहनुपर्छ भने हरियो तरकारी तथा सलादलाई प्राथमिकता दिनुपर्छ ।