Successfully Copied

क्यान्सर रोगबाट बच्ने उपायहरू

हाल विश्वमा देखिएका नसर्ने रोगहरूमध्ये क्यान्सरका कारण मृत्यु हुनेहरूको संख्या विकसित देशहरूमा दोस्रो तथा विकासशील देशहरूमा तेस्रो स्थानमा आउँछ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार

हाल विश्वमा देखिएका नसर्ने रोगहरूमध्ये क्यान्सरका कारण मृत्यु हुनेहरूको संख्या विकसित देशहरूमा दोस्रो तथा विकासशील देशहरूमा तेस्रो स्थानमा आउँछ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा प्रतिवर्ष करिब १ करोड २० लाख क्यान्सरका नयाँ बिरामी देखिन्छन् भने तीमध्ये करिब ७५ लाखको मृत्यु हुने गरेको छ । यस्तै अवस्था रहे सन् २०१५ सम्ममा प्रतिवर्ष करिब १ करोड ५० लाखजति नयाँ रोगी देखापर्ने सम्भावना छ । हाल विश्वमा देखिएको क्यान्सरमध्ये फोक्सो, आमाशय, स्तन, पाठेघर तथा मुखको क्यान्सर प्रमुख छन् । विश्वमा हुने कुल मृत्युको करिब १३ प्रतिशत कारकतत्व बनेको क्यान्सर जनस्वास्थ्य समस्याका रूपमा देखा परेको छ ।

विश्वव्यापी रूपमा बढिरहेको यो रोग नेपालमा पनि जटिल समस्याका रूपमा देखा पर्दैछ । हाम्रो देशमा हालसम्म कति क्यान्सर रोगी छन् र बर्सेनि कतिको मृत्यु हुन्छ भन्ने आधिकारिक तथ्यांक उपलब्ध नभए पनि विश्वस्वास्थ्य संगठनको तथ्यांकअनुसार वार्षिक करिब ४० हजार नयाँ क्यान्सर रोगी देखापर्ने र हाल करिब १ लाखभन्दा बढी क्यान्सर रोगी रहेको अनुमान गरिन्छ । प्राथमिकताका साथ समन्वयात्मक ढंगले कार्य गरी क्यान्सर रोकथाम, नियन्त्रण तथा उपचारका कार्यक्रमहरू संचालन नगरे आगामी दिनमा यो रोगको समस्या अझ भयावह हुँदै जानेछ । भरतपुर, चितवनस्थित नेपालको एक मात्र राष्ट्रिय क्यान्सर अस्पताल बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहयोगबाट खासगरी सातवटा अस्पतालमा क्यान्सरको निदान र उपचारको सुविधा छ । काठमाडांैको वीर, शिक्षण, कान्ति बाल, भक्तपुर क्यान्सर अस्पताल, धरानको बी.पी.कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स, पोखराको मणिपाल मेडिकल कलेज र यो अस्पतालमा आउने क्यान्सरका बिरामीहरूको केही वर्षको तथ्यांक हेर्दा फोक्सो, पाठेघर, स्तन, लिम्फ ग्रन्थि, आमाशय, रगत, घाँटी, मस्तिष्क, दिसा गर्ने नली तथा छालाको क्यान्सर प्रमुख रूपमा देखिएका छन् ।  

क्यान्सर के हो ?

मानव शरीरमा रहेका करोडौं स–साना कोषकोषिकाहरूमध्ये दिनहँु केहीको वृद्धि हुने, नयाँ बन्ने र मर्ने काम भैरहेको हुन्छ । यी नयाँ बन्ने कोषकोषिकाहरूको वृद्धि क्रम सामान्य अवस्थामा नियन्त्रणभित्र डीएनएबाट भएको हुन्छ । यसरी नियन्त्रणभित्र रही वृद्धि हुने कोषकोषिकाहरूको आकार र काम पनि मिल्दोजुल्दो हुन्छ । यद्यपि अस्वस्थकर खानपिन, जीवनशैली, वातावरणीय असर तथा अन्य भित्री कारणहरूबाट यसमा खराबी आएर कोषकोषिकाहरूको अनियन्त्रित रूपमा वृद्धि भएर विस्तारै स–साना गिर्खा बन्छन् । गिर्खाहरू दुई प्रकारका हुन्छन् :

 बिनेइन ट्युमर : शरीरलाई नोक्सान नगर्ने र अन्यत्र नफैलिने किसिमका गिर्खाहरूलाई बिनेइन ट्युमर  भनिन्छ । कोठी, मुसा तथा छालाभित्र हुने बोसोका डल्ला यसका उदाहरण हुन् ।

मलिगनेन्ट ट्युमर : अर्को प्रकारका गिर्खा भने शरीरलाई नोक्सान गर्ने, एक स्थानबाट अर्काे स्थानमा सर्नसक्ने दुर्गुण भएका हुन्छन् । यस प्रकारका गिर्खालाई मलिगनेन्ट ट्युमर, मेलिगनेन्ट, नियोप्लाज्म वा क्यान्सर तथा नेपालीमा अर्बुद रोग भनिन्छ । रगतको क्यान्सरमा भने गिर्खा नभई रक्त कोषिकाहरूमा असामान्य परिवर्तन देखापर्छ ।

क्यान्सर रोगको कारण :

यो रोगका सबै कारण यकिन रूपले थाहा हुन नसके पनि  करिब ९० प्रतिशत बाह्य कारणमा अस्वस्थकर खानपिन, रहनसहन तथा वातारणीय प्रभाव प्रमुख मानिन्छ । त्यसबाहेक करिब १० प्रतिशत क्यान्सर बनाउन आन्तरिक कारण उमेर, लिङ्ग, जाति आदि पनि जिम्मेवार हुन्छन् ।

बाह्य कारणहरू :

क.     सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवन : सुर्तीजन्य पदार्थमा चार हजारभन्दा बढी हानिकारक रासायनिक तत्व हुन्छन् जसमध्ये करिब ४० प्रकारका रासायनिक तत्वले  विभिन्न अङ्गको क्यान्सर गराउँछन्  । सुर्ती वा  सुर्तीबाट बनेका पदार्थहरू जस्तै चुरोट, बिडी, तमाखु, खैनी, सुर्ती आदि धूवाँ बनाएर वा चपाएर सेवन गरिने पदार्थले मुख, श्वासनली, फोक्सो, आमाशय, गर्भाशय, मूत्रनली, मिर्गौलालगायत शरीरका अन्य अङ्गको क्यान्सर हुन्छ । यसका साथै चुरोट, बिडी सेवन गर्ने व्यक्ति स्वयंलाई मात्र होइन यसको धूवाँको असरले वरिपरि बस्ने अन्य व्यक्तिहरूलाई पनि क्यान्सर तथा अन्य रोग लाग्न सक्छ । गर्भवती महिलाहरूले सुर्तीजन्य पदार्थ सेवन गरे गर्भमा भएको शिशुलाई समेत नोक्सान पुर्‍याई गर्भ तुहिने, कम तौलको शिशु जन्मने, जन्मजात विकृति देखापर्ने, समय नपुगी शिशु जन्मने आदि खतरा देखा पर्न सक्छ । सुर्ती सेवनबाट क्यान्सरका साथै मुटु एवं पेटसम्बन्धी रोगका साथै दम, ब्रोङ्काइटिस आदि पनि हुनसक्छ ।

ख.     मादकपदार्थको सेवन : जाँड, रक्सीको सेवनले मुख, अन्ननली, पेट, आन्द्रा, स्तन, कलेजोका साथै अन्य अङ्गको क्यान्सर हुनसक्छ । मादकपदार्थका साथै सुर्तीजन्य पदार्थको सेवन गरे क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

ग.     खानपिन : क्यान्सर हुनमा खानपिन तथा खाद्यपदार्थको पनि प्रमुख भूमिका छ । करिब ३५ प्रतिशत क्यान्सर यसैसँग सम्बन्धित छ । बासी, सडेगलेका र ढुसी परेका खानेकुरामा क्यान्सर गराउने रासायनिक तत्वहरू हुन्छन् । त्यस्तै  कीटनाषक औषधि एवं रासायनिक मल प्रयोग भएको अन्न, फलफूल, तरकारी एवं सागपातको सेवनले पनि क्यान्सर गराउन सक्छ । बजारमा पाइने विभिन्न खानेकुरा र हानिकारक रंगहरू तथा अन्य हानिकारक रासायनिक पदार्थ मिसाइएका मिठाईं आदि खाँदा पनि क्यान्सर हुनसक्छ । त्यसैगरी डढेको वा बोसोयुक्त मासु खानाले आमाशय, आन्द्रा, पित्तथैली आदिमा क्यान्सर लाग्न सक्छ ।

घ.     विकिरण : अत्यधिक सौर्य विकिरणका साथै एक्स–रे, सिटिस्क्यानजस्ता उपकरणबाट निस्कने विकिरणको प्रभाव भए रगतका साथै अन्य अङ्गको क्यान्सर हुनसक्छ ।

ङ.     वातावरणीय एवं व्यावसायिक प्रदूषण : आफू बसेको वा काम गर्ने ठाउँमा वा वरिपरि फोहोरमैला हुनु तथा सवारी साधन र कलकारखानाबाट निस्कने धूलो र धूवाँको असरले पनि क्यान्सर लाग्नसक्छ । प्रदूषित हावा, पानी र वातावरणमा पाइने बेन्जेन, आर्सेनिक, क्याडमियम, क्रोमियम, पोलिसाइक्लिक, हाइड्रो कार्बन, भिनायल क्लोराइड, आस्बेस्टोसजस्ता हानिकारक तत्वले शरीरको फोक्सो, घाँटी, पेट, आन्द्रा आदि विभिन्न अङ्गमा क्यान्सर उत्पन्न गराउँछन् ।

च.     भाइरस : विभिन्न भाइरसबाट लामो समयसम्म संक्रमण हुँदा पनि क्यान्सर हुनसक्छ । ह्युमन प्यापिलोमा भाइरसको संक्रमणबाट गर्भाशयको मुखको क्यान्सर, हेपाटाइटिस बी भाइरसको  संक्रमणले कलेजोको क्यान्सर हुन्छ । त्यस्तै इप्सटेइन–बार भाइरसले श्वासनली र ग्रन्थिसम्बन्धी क्यान्सर गराउँछ ।

छ. परजीवी : सिस्टोसोमियसिसजस्ता परजीवीको संक्रमणका कारण मूत्रथैलीमा क्यान्सर भएको पाइएको छ ।

ज. ब्याक्टेरिया : हेलिकोव्याक्टर पायलोरीको संक्रमणका कारण आमाशयको क्यान्सर हुनसक्छ ।

 Image