होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।

विवाहित दम्पतीका लागि सन्तान खुसीको कुरा हो । कतिपय अवस्थामा दम्पतीले चाहेर पनि कतिपय कारणले सन्तान हुँदैनन् । पुल्चोकस्थित निदान हस्पिटलमा चार महिनाअघि खुलेको नेपाल इन्टरनेसनल फर्टिलिटी तथा ल्याप्रोस्कोपिक सेन्टरले महिला तथा पुरुषका समस्या धेरै हदसम्म समाधान गरेको छ ।
निदान हस्पिटलभन्दा अघि वयोधा हस्पिटलमा उक्त सेन्टर भएको डा. रश्मि श्रीशले बताइन् । उक्त सेन्टरमा नि:सन्तान दम्पतीलाई सम्पूर्ण परामर्श, हार्मोनसम्बन्धी सम्पूर्ण जाँच, डिमसम्बन्धी समस्याको सम्पूर्ण उपचार, आइ यु आइ, आइ भी एफ गरिने डा. मीरा थापा बस्नेतले बताइन् । यसैगरी उक्त अस्पतालमा पुरुष बाँझोपनसम्बन्धी आधुनिक उपचार तथा महिला बाँझोपनको समस्यामा ल्याप्रोस्कोपिक सर्जरी पनि गरिने जानकारी डा. रश्मिले दिइन् ।