Successfully Copied

वजन कम गर्ने सेवामा विस्तार

ओ टु फेसियल वर्कसले आफ्नो सेवामा विस्तार गरेको छ । नेपालमा पहिलो पटक ओटु फेसियलको अवधारणालाई बजारमा ल्याएको ओ टु फेसियलको सफलतापछि अहिले महिलाहरूलाइ निकै समस्या पारेका मोटोपनाबाट छुट्कारा

ओ टु फेसियल वर्कसले आफ्नो सेवामा विस्तार गरेको छ । नेपालमा पहिलो पटक ओटु फेसियलको अवधारणालाई बजारमा ल्याएको ओ टु फेसियलको सफलतापछि अहिले महिलाहरूलाइ निकै समस्या पारेका मोटोपनाबाट छुट्कारा पाउने नयाँ अवधारणा बजारमा ल्याएको छ । कोरियन प्रविधिद्वारा यहाँ तीन घण्टाको अन्तरालमा २ केजीसम्मको तौल घटाउन सकिन्छ । यो शतप्रतिशत प्राकृतिक तथा प्रभावकारी मानिएको छ । बिनासर्जरी तथ औषधीको प्रयोग नगरीकनै ६ सिटिङको बसाइमा आफ्नो तौल घटाउन सकिन्छ । कुनल फोर डी उपकरणको माध्यमबाट यहाँ बडी सेपिङ, फेस लिफ्ट, चाउरीपना तथा स्ट्रेचमार्क हटाइन्छ । एक महिनाको ६ सिटिङको अन्तरालमा ५ देखि ९ केजी तौल घटाउन सकिन्छ । शरीरको विभिन्न भागलाई मात्र पनि यहाँ घटाइन्छ । यहाँ तौलमात्र घटाइँदैन । घटेको भागलाई सही आकार पनि प्रदान गरिन्छ । साथै यहाँ लुज भएको छालालाई टाइट पनि बनाइन्छ ।

अल्ट्रासोनिक तथा आरएफ पद्धतिबाट यहाँ तौल कम गराइन्छ । सिटिङ अवधिभर फुड सप्लिमेन्ट प्रदान गरिन्छ । तौल घटाएपछि घरका लागि डाइट चार्ट पनि दिइन्छ । उपचार सुरु गर्नुअघि बीएमआई टेस्ट गरिन्छ । उपचारपछि तौल घट्यो भन्दैमा फेरि खानपानलाई असन्तुलित भने बनाउनु हँुदैन । नयाँ सेवा विस्तारको उपलक्ष्यमा अहिले यहाँ २५ प्रतिशत छुटको व्यवस्था दिइएको छ । यसकी सञ्चालिका श्रेया गुरुङले महिलाहरूमा बढ्दै गएको मोटोपनाले उनीहरूमा विभिन्न समस्या ल्याएकाले आफूले यो सेवा विस्तार गरेको बताउँछिन् । बिनाकुनै अपरेसन तथा साइड इफेक्टयुक्त उपचार पद्धति भएकाले यो निकै उत्कृष्ट भएको बताउँछिन् । साथै यहाँ प्रयोग गरिएका सबै उपकरण आईएसओ मान्यताप्राप्त छन् । राम्रो तथा गुणस्तरीय सेवाका बाबजुद यहाँ लिइने सेवा–शुल्क निकै सुविधाजनक छ । एकपटक तौल घटेपछि आफ्नो खानपानमा सन्तुलन कायम गर्न सके बडीलाई मेन्टेन गर्न सकिन्छ ।

 Image