जिब्रो पनि सफा गर्नुपर्छ ?
जिब्रोको काम स्वाद दिने पनि भएकाले यस्ता धारिलो वस्तुको प्रयोगले स्वाद दिने ग्रन्थिहरूमा असर पर्छ । सफा गर्दा नरम खालको ब्रस प्रयोग गर्नुपर्छ र सफा गर्दा धेरै घोट्नुहुँदैन ।
गर्मी मौसम तथा स्वास्थ्यलाई ध्यानमा राखेर धेरैको जुस पिउने बानी हुन्छ । त्यसो त मानिसहरू फलफूल खानभन्दा जुस नै पिउन मन पराउँछन् । धेरै जुस पिउँदा दाँत कमजोर हुनसक्छ । चिकित्सकका अनुसार जुस, कोल्ड ड्रिंक्स तथा दिनभर लिइने स्न्याक्सले दाँतमा नोक्सान पुर्याउँछ । यसले दाँतको इनामेल कमजोर हुन्छ, जुन दाँतका लागि ठीक हुँदैन । त्यसैले उचित मात्रामा जुस पिउनुपर्छ ।