Successfully Copied

गर्मीको मौसम र स्वास्थ्य

अहिले गर्मीको मौसम छ । यो मौसममा स्वास्थ्यमा विभिन्न समस्या देखापर्छन् । यसबाट बच्नका लागि निम्न उपाय अपनाउन सकिन्छ ।

अहिले गर्मीको मौसम छ । यो मौसममा स्वास्थ्यमा विभिन्न समस्या देखापर्छन् । यसबाट बच्नका लागि निम्न उपाय अपनाउन सकिन्छ । 

–पानी उमालेर सम्भव भएमा माटाको भाँडामा राख्नुपर्छ । प्रत्येक घण्टाको अन्तरमा दुई गिलास पानी पिउनुपर्छ । बाहिर हिँडडुल गर्दा वा काममा जाँदा आफ्नै पानी लिएर जानु उपयुक्त हुन्छ । पिसाब सेतो तथा पानीजस्तो भए स्वास्थ्य राम्रो हुन्छ । 

–कोल्ड ड्रिंक्सले शरीरमा डिहाइड्रेसन बढाउने भएकाले यसको सेवन गर्नुहुँदैन । यसले शरीरमा पानीको मात्रा घटाउँछ । 

–दही, मोही, लस्सी, बेल तथा घिउकुमारीको सर्बत पिउनु उपयुक्त हुन्छ । 

–काँक्रो, खरबुजाजस्ता पानीको मात्रा प्रशस्त हुने फलफूल तथा सागपात खानुपर्छ । यो मौसममा मासु खानु हुँदैन । 

–चिउरा, दालमोठजस्ता जंकफुडको सेवन गर्नुहुँदैन । 

–अल्कोहलको सेवन नगर्नु उत्तम हुन्छ । 

–सकभर घरमै बनाएका ताजा खानेकुरा खानुपर्छ । 

–बिहान–बेलुकी काम गरेर दिउँसो आराम गर्नु उचित हुन्छ । 

–लामो श्वास शरीरभित्र लिने र सबै श्वास बाहिर निस्कने गरी फेर्नुपर्छ । सित्कारी प्राणायाम यसका लागि लाभदायक हुन्छ ।

–बाहिर निस्कदा हल्का कटनका कपडा, सन लोसन, सन ग्लास लगाउनु वेश हुन्छ । 

–पसिना निस्कने गरी व्यायाम गरेर नुहाउनुपर्छ । 

–झोलिलो खानेकुरा खानुपर्छ । मसलेदार खाना खानुहुँदैन । 

–रातमा छिटो सुत्ने तथा बिहान सबेरै उठ्ने गर्नुपर्छ । 

–छालालाई घाम तथा एलर्जीबाट बचाउन लामा बाहुला भएका पहिरन लगाउनुपर्छ । 

–बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा बिरामीलाई पानीको मात्रा पुगे नपुगेको ख्याल गर्नुपर्छ । 

–सम्भव भए पौडी खेल्नुपर्छ । 

–शरीरका कोमल अंगलाई विशेष ख्याल राख्नुपर्छ । ओठ तथा आँखामा विशेष ध्यान दिनुपर्छ । 

–फुड प्वाइजनिङबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ । 

–यो मौसममा लामखुट्टे तथा सर्पको बिगबिगी हुने भएकाले होसियार रहनुपर्छ ।

–काँक्रो, गोलभेंडा, घिउकुमारी, पाउडर, बडी लोसन आदिले एलर्जीबाट बचाउनुका साथै छालालाई रक्षा गर्छ ।

 Image