Successfully Copied

खाद्यपदार्थमा लुकेको छ रोगको उपचार

कुनै पनि रोगलाई हामी कित वंशानुगत कि त औषधिको परिणाम भन्छौं । मधुमेह एक वंशानुगत रोग हो । मधुमेह भएका आमाबाबुबाट जन्मिएका सन्तानलाई यो रोग हुन सक्छ ।

कुनै पनि रोगलाई हामी कित वंशानुगत कि त औषधिको परिणाम भन्छौं । मधुमेह एक वंशानुगत रोग हो । मधुमेह भएका आमाबाबुबाट जन्मिएका सन्तानलाई यो रोग हुन सक्छ । त्यसैले यी कुरा थाहा हुँदाहुँदै यसको निराकरण गर्नेतर्फ सोच बनाउनुपर्छ । खानपानमा विशेष ध्यान दिए रोग भगाउन सकिन्छ । यस्ता समस्याहरूको समाधान पनि वैज्ञानिकहरूले हाम्रै खाद्यपदार्थमा खोजेका छन् । 

फाइटान्युट्रिएन्ट एक अचुक अस्त्र 

आनुवंशिक विज्ञानको खोजमा पत्ता लागेको फाइटान्युट्रिएन्ट नामक तत्वले हाम्रो शरीरको एन्टिबडी बढाउँछ, मेटाबोलिज्मको प्रक्रियालाई तेज बनाउँछ । शरीरबाट विषालु तत्वहरूलाई बाहिर फालेर टुटेका कोशिकाहरूको मर्मत गर्छ । यो स्वास्थ्य संरक्षक तत्व प्राय: अन्न, तरकारी एवं फलफूलमा पाइन्छ । गाढा हरिया, पहेंला फल एवं तरकारीमा यसको मात्रा अधिक हुन्छ । आफ्नो भोजनमा यस्ता वस्तुहरू सामेल गर्नुपर्छ । फाइटान्युट्रिएन्टसले शरीरलाई विभिन्न रोगबाट बचाउँछ । 

लाभदायक अर्गानिक खाद्यपदार्थ 

फाइटान्युट्रिएन्ट तत्व कुनै पनि बिरुवाको लहरा, पात, फूल, फल वा अन्नमा पाइन्छ । तर सूर्यको अधिक किरण तथा हावामा यसको सम्पर्कले वाष्पीकरण हुन्छ र यो तत्व हावामा उड्छ । खाद्यवस्तुहरूको काट–छाँट गर्दा पनि यो तत्व नष्ट हुन्छ । खाद्यपदार्थलाई प्याकेट वा डिब्बामा राख्दा यसको पोषकतत्व केही कमी हुन्छ । त्यसैले फाइटान्युट्रिएन्टको लाभ प्राप्त गर्न प्रोसेस्ड तरकारी, फल तथा पालिस लगाइएको अन्न प्रयोग गर्नु हुँदैन । ताजा खाद्यपदार्थ सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । 

अर्गानिक फुडले शरीरका विभिन्न रोगलाई कम गर्न सक्छ । 

यी कुराहरूलाई ध्यानमा राखौं 

वैज्ञानिकहरूले गरेको शोधअनुसार शुद्ध खाद्यपदार्थका लागि कीटनाशक औषधि प्रयोग गर्नुपर्छ । 

सुन्तला, कागती, मौसम आदि भिटामिन सीयुक्त फलहरूमा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ । यस्ता फलहरूले हाम्रो शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर फालेर हामीलाई स्वस्थ बनाउन सघाउँछन् । 

त्यसैले यस्ता फलहरूको जुस दिनहुँ भोजनमा समावेश गर्नुपर्छ । 

हामीले तरकारी एवं फलको बोक्रालाई त्यत्तिकै खेर फाल्छांै । तर यसमा फाइबर पाइन्छ । यो फाइबर हाम्रो शरीरका लागि लाभदायक हुन्छ । त्यसैले फल बोक्रासहित खानुपर्छ । 

शरीरमा बढेको कोलस्ट्रोललाई हृदय रोगको प्रतीक मानिन्छ । अत: आफ्नो खानामा ओलिभ आयल, माछा तथा गेडागुडी समावेश गर्नुपर्छ । 

कुनै पनि रोगबाट बच्ने उपाय अपनाउनुपर्छ । डाइबिटिज, ब्लडप्रेसर, क्यान्सरजस्ता रोगहरूका लागि नियमित जाँच गराउनुपर्छ । आफ्नो खानपान तथा जीवन शैलीलाई स्वस्थ बनाउनुपर्छ । आफ्नो भोजनमा सबै किसिमका खाद्यपदार्थ समावेश गरी स्वस्थ जीवन जिउनुपर्छ । 

स्वादको कथा 

भोजनका सम्बन्धमा गणितीय नियम लागू हुँदैन । यसको ए बी सी डी निकै कठिन छ । वास्तवमा सन्तुलित भोजन के हो जान्नु आवश्यक छ । हामीले खाने सबै खाना पौराणिक कालदेखि चल्दै आएका छन् । अहिले आएका सबैजसो नयाँ प्रकारका खाना पुराना खाद्यवस्तुका परिस्कृत रूप मात्र हुन् । तिनै मकै, भटमास, उखु, चामलबाट दिनहुँ नयाँ–नयाँ खानाको जन्म भैरहेको छ । दिनहुँ खानपानमा निकै कसरत भैरहेको छ । अहिले खाद्यवस्तुलाई क्यालोरीअनुसार तयार गरिन्छ । बालकदेखि वृद्धसम्मलाई उनीहरूको क्यालोरी मापन गरी खाद्यवस्तु तयार गरिन्छ । 

तरकारी बढी प्रयोग हुने 

आलु, प्याज एवं टमाटर तरकारीका लागि निकै लोकप्रिय मानिन्छन् । यी तरकारीबिना भान्साको कल्पना पनि अधूरो हुन्छ । विश्वमा टमाटर तथा आलुको खेती हुन्छ र सबैभन्दा बढी प्याज प्रयोगमा आउँछ । मिश्रमा आजभन्दा पाँच हजार वर्ष पहिले प्याजको तरकारी निकै लोकप्रिय थियो । युरोपमा पनि यसको प्रयोग बढी थियो । टमाटर हरेक रसिलो तरकारीमा प्रयोग गरिन्छ । टमाटरले भिटामिन सी प्रदान गर्छ । 

चिसो नरिवल पानी 

नरिवलको पानी गर्मीका लागि मात्र होइन ब्लड प्लाज्मा बढाउन पनि प्रयोग गरिन्छ । यसको पी एच स्तर निकै आदर्श मानिन्छ । यो जीवाणुरहित हुन्छ । यसको प्रयोगले हाम्रो शरीरको कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्छ । नेपालमा तराईतिर यसको बिरुवा लगाइन्छ । 

स्वादिलो चकलेट 

अ गिफ्ट फर समवन यु लव यो उक्ति चकलेटका लागि हो । चकलेटले हाम्रो शरीरको रसायन स्राव गर्छ । कफी, चिया, कोकाकोलाको तुलनामा चकलेटमा क्याफिनको मात्रा कम हुन्छ । एक औन्स चकलेट बारमा ६ मिलिग्राम क्याफिन हुन्छ । चकलेटमा पाइने एन्टिअक्सिडेन्टसले हृदय तथा क्यान्सरजस्ता रोगबाट बचाउँछ । बेलायतमा सन् १८४२ मा केडबरीले पहिलो पटक चकलेट बनाएको हो । संसारमा सबैभन्दा बढी स्वीसका मानिसहरू चकलेट खान्छन् । चकलेट निर्माताहरूले पूरै संसारको २० प्रतिशत बदाम तथा ४० प्रतिशत काजी बदाम प्रयोग गर्छन् । 

आइसक्रिम 

आइसक्रिमको आविष्कार स्यानफ्रान्सिस्कोमा ११ वर्षीय केटो फ्रान्कले गल्तीले गरेको थियो । सन् १९११ मा उसले स्टर स्टिकका साथमा सोडा पाउडर तथा पानी  मिसाएर छोडेको थियो । रातभरि तापमान कम भएर उक्त मिश्रण आइसक्रिममा परिणत भएको थियो । उक्त वस्तु आजको समयमा सबैको प्रिय खाद्यपदार्थ बनेको छ । आइसक्रिम विभिन्न फ्लेवरमा पाइन्छ । यसमा धेरै क्यालोरी हुन्छ । 

केचअपको स्वाद 

अहिले सबैको भान्साको शोभा बनेको केचअपको आविष्कार थाइल्यान्डमा भएको थियो । १८३० ताका यसलाई औषधिका रूपमा प्रयोग गरिन्थ्यो । यसलाई बनाउनमा स्वीडेन तथा अस्ट्ेरलिया अग्रपंक्तिमा छन् । नेपालमा पनि यसको उत्पादन हुन थालेको छ । अहिले यो हरेक स्न्याक्सको अभिन्न अङ्ग बनेको छ । बालकदेखि वृद्धसम्मले केचअप मन पराउँछन् । अहिले टोम्याटो तथा चिल्ली केचअप हरेक भान्साको शान बनेको छ । 

कथा मसलाको 

स्वादको कथा मसलाबिना पूरा हुन सक्दैन । मध्यकालीन युगमा यो विशेष उत्पादनमध्ये पथ्र्याे । यहाँ मरिच, ल्वाङ, अदुवा, जाइफल आदि मसला विशेष मानिन्थे । १५ औं शताब्दीसम्म भेनिसको एकाधिकार यसमा यथावत् रह्यो । मसलामा केशर तथा जाफरान सबैभन्दा महँगा मसला हुन् । लगभग एक पौन्ड केशर तयार गर्न ७० हजारदेखि २ लाख ५० हजारसम्म फूलको आवश्यकता पर्छ । प्राचीन मिश्र र रोममा यसको प्रयोग अत्तर बनाउन गरिन्थ्यो । सातौं शताब्दीमा केशर चीन पुग्यो । त्यसपछि यसको प्रयोग पूरै विश्वमा हुन थाल्यो । अहिले इरान तथा स्पेनमा यसको उत्पादन हुन्छ । यसको अधिक प्रयोग नेपाल, भारत, मिश्र, मोरक्को तथा टर्कीमा गरिन्छ । भान्सामा प्रयोग हुने हरेक मसला रोगप्रतिरोधात्मक हुन्छन् । 

तस्विर: नवराज वाग्ले 

 Image