दाँतमा देखा पर्ने समस्या
पछिल्लो समयमा युवावस्थामा पनि दाँतको समस्या बढ्दै गएको पाइन्छ । चुरोट, खैनीजस्ता खाद्य पदार्थले पनि दाँतमा असर गरेको देखिन्छ । गिजाको समस्या पनि हुने गरेको छ ।
धेरै मानिस मानसिक स्वास्थ्यको साटो भौतिक रूपमा स्वस्थ रहने प्रयास गर्छन् । जिम जाने, सुन्दर देखिन महँगा प्रोडक्ट खरिद गर्नर्ेहरू पनि उत्तिकै हुन्छन् तर उनीहरू मानसिक स्वास्थ्यप्रति भने त्यति ध्यान दिँदैनन् । यद्यपि शारीरिक एवं मानसिक दुवै रूपमा स्वस्थ रहनुपर्छ ।
–कम्तीमा पनि हप्तामा ५ पटक ध्यान गर्नुपर्छ । यसो गर्दा हेप्पी हार्मोन्स स्राव हुन्छ ।
–मानसिक रूपमा स्वस्थ रहन हेल्दी डाइट लिनुपर्छ ।
–कामबाट केही समय निकालेर भए पनि आफूलाई मन पर्ने काम गर्नुपर्छ । यसो गर्दा मस्तिष्क स्वस्थ रहन्छ ।
–दिनचर्या नियमित बनाउनुपर्छ, समय तालिकाअनुसार चल्नुपर्छ ।