Successfully Copied

बलियो हड्डीका लागि

महिलाहरू स्वस्थ रहने अर्को मुख्य उपाय हड्डी स्वस्थ र बलियो राख्नु हो । प्रत्येक उमेरका महिलाले हड्डी बलियो बनाउने खाना खानुका साथै नियमित व्यायाम गर्नुपर्छ ।

महिलाहरू स्वस्थ रहने अर्को मुख्य उपाय हड्डी स्वस्थ र बलियो राख्नु हो । प्रत्येक उमेरका महिलाले हड्डी बलियो बनाउने खाना खानुका साथै नियमित व्यायाम गर्नुपर्छ । ३० वर्षपछि हड्डीको संरचना हुने कार्य बन्द हुन्छ । त्यसपछिको कुनै पनि उमेरमा हड्डीलाई स्वस्थ र बलियो राख्न पर्याप्त पोषणयुक्त खाना खानुपर्छ जसबाट हड्डी स्वस्थ हुन्छ । क्याल्सियम, म्याग्नेसियम र भिटामिन डीको संयोजन महिलाहरूको हड्डीका लागि नितान्त आवश्यक हुन्छ । जसले पात भएको हरियो तरकारी पूर्ण अनाजको तुलनामा मासु, चिनी, क्याफिन, अल्कोहलजस्ता पदार्थ बढी उपयोग गर्छन् उनीहरूलाई क्याल्सियम एवं म्याग्नेसियमको आवश्यकता अन्य महिलाको तुलनामा बढी हुन्छ । 

क्याल्सियम : प्रत्येक महिलालाई दैनिक ४ सयदेखि १२ सय मिलिग्राम क्याल्सियम आवश्यक हुन्छ । यसको मुख्य स्रोत दुग्ध पदार्थ, हरियो तरकारी, जौ तथा अन्य अनाज, तोफु, बन्दा, हरियो फर्सी, हरियो सिमी, लसुन आदि हुन् । क्याल्सियमको सप्लिमेन्ट खानुअघि के कुरामा ध्यान पुर्‍याउनुपर्छ भने यो बिस्तारै घुल्छ र शरीरले एकपल्टमा ५ सय मिलिग्रामभन्दा बढी लिन सक्दैन । त्यसैले दैनिक आहारमा आवश्यकताभन्दा बढी लिए यसले मुटुमा क्षति पुर्‍याउन सक्छ  । 

म्याग्नेसियम : दैनिक आहारमा ५ सयदेखि ८ सय मिलिग्राम म्याग्नेसियम हुनुपर्छ । म्याग्नेसियमको संयोजन भएको खण्डमा मात्र क्याल्सियमले काम गर्छ । यसको मुख्य स्रोत हरियो तरकारी, स्क्वास, ब्रोकाउली, काँक्रो, सेलरी, फर्सीको बियाँ, सूर्यमुखीको बियाँ, तिल आदि हुन् । 

भिटामिन डी : प्रत्येक दिन ४ सयदेखि १ हजार युनिट आवश्यक पर्छ । यो भिटामिन प्राप्त गर्नका लागि आधा घण्टा घाममा बस्नु उत्तम हुन्छ । खाना तथा पूरक खानेकुराबाट पनि यसको पूर्ति गर्न सकिन्छ । सालमन माछा यसको राम्रो स्रोत हो । यसका अन्य स्रोत अण्डा, झिंगे माछा, दूध आदि हुन् । 

 Image