बढ्दो मानसिक समस्या
कुनै पनि व्यक्तिको बानी–व्यवहार र सोचमा परिवर्तन भई दैनिक कृयाकलापमा खलल आउनु नै मानसिक समस्या हो । मानिसमा देखिने यस्तो अवस्थालाई मानसिक रोग पनि भनिन्छ ।
धेरैजसोले तनावमा रहँदा खाना खानै बिर्सन्छन् तर कतिपयको भने त्यसको ठीक विपरीत बानी हुन्छ । उनीहरू कुनै तनाव हुनासाथ कम खानुको साटो अझ बढी खान्छन् । यसले गर्दा पछि गएर अन्य रोगको सामना गर्नुपर्ने हुनसक्छ । त्यसैले कुनै पनि कुराले चिन्तित भए वा पटक–पटक खानाको मात्रा बढे सम्हालिनु आवश्यक छ । तनाव बढे एड्रनल ग्ल्यान्ड सक्रिय भएर मोटोपन बढ्छ । एक शोधअनुसार तनाव हुँदा महिलाहरू बढी भोजन गर्छन् जसले गर्दा मोटोपनका साथै अन्य रोगको खतरा बढ्छ ।