आइभीएफको सफलता कसरी बढाउने ?
उपचारका क्रममा आइभीएफ ‘लङ प्रोटोकल’ ‘सर्ट प्रोटोकल’ यस्ता थुप्रै पद्धति हुन्छन् । यो उपचारमा सफलता बढाउन चिकित्सकले सुहाउँदो प्रोटोकल छान्नु जरुरी छ ।

धेरैजसोले तनावमा रहँदा खाना खानै बिर्सन्छन् तर कतिपयको भने त्यसको ठीक विपरीत बानी हुन्छ । उनीहरू कुनै तनाव हुनासाथ कम खानुको साटो अझ बढी खान्छन् । यसले गर्दा पछि गएर अन्य रोगको सामना गर्नुपर्ने हुनसक्छ । त्यसैले कुनै पनि कुराले चिन्तित भए वा पटक–पटक खानाको मात्रा बढे सम्हालिनु आवश्यक छ । तनाव बढे एड्रनल ग्ल्यान्ड सक्रिय भएर मोटोपन बढ्छ । एक शोधअनुसार तनाव हुँदा महिलाहरू बढी भोजन गर्छन् जसले गर्दा मोटोपनका साथै अन्य रोगको खतरा बढ्छ ।