दाँत प्रत्यारोपणमा अत्याधुनिक उपकरण र उपचार (भिडियो सहित)
यो जरा हड्डीको सहायतामा बस्छ र हड्डीसँग ‘इन्ट्रिग्रेट’ हुन्छ । यसलाई ‘ओसियो इन्ट्रिग्रेसन’ भनिन्छ । यो प्रक्रिया तीनदेखि छ महिनासम्मको हुन्छ । इन्ट्रिग्रेसन भइसकेपछि त्यसमा क्याप हालिन्छ ।
प्रत्येक व्यक्ति आजीवन स्वस्थ र निरोगी रहन चाहन्छ । यसका लागि उसले आवश्यक सबै भिटामिन समुचित मात्रामा सेवन गर्नुपर्छ । अहिलेसम्म २० थरिका भिटामिनको खोज भए पनि भिटामिन ए, बी, सी, डी तथा के प्रमुख छन् ।
भिटामिन डी
हड्डी बलियो बनाउन क्याल्सियमको आवश्यकता हुन्छ । भिटामिन डीले क्याल्सियमको अवशोषणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । पर्याप्त मात्रामा भिटामिन डीको सेवन गर्ने हो भने हड्डीसित जोडिएको रोगबाट बच्न सकिन्छ । यो भिटामिनले मांसपेशी बलियो बनाउनुका साथै शरीरमा आस्टियोकेल्किन नामक प्रोटिनको निर्माणमा पनि मद्दत गर्छ । यसले बोन मास बढाउँछ र फ्याक्चरको खतरा कम गर्छ ।
भिटामिन डीको स्रोत
दूध, मख्खन, माछाको तेल, अण्डाको पहेंलो भाग तथा घाम भिटामिन डीका बलियो स्रोत हुन् । यसबाहेक यसको ट्याबलेट पनि पाइन्छ । यीमध्ये सबैभन्दा राम्रो र सस्तो प्राकृतिक स्रोत हो घाम । शरीरका लागि आवश्यक भिटामिन डीको मात्रा दैनिक रूपमा पाँच मिनेट घाममा बस्नाले प्राप्त हुन्छ । हाम्रो छालामा एर्गेस्टरल नामक एउटा पदार्थ हुन्छ जुन सूर्यको परावैजनी किरणको प्रभावबाट भिटामिन डीमा परिवर्तन हुन्छ ।