कस्मेटिक गाइनेकोलोजी भनेको के हो ?
कस्मेटिक स्त्री रोग विज्ञानको उद्देश्य दृष्टिकोण वा प्रक्रियामा सुधार गर्नको लागि हो । धेरै अवस्थामा दुवै लक्ष्यहरु एक साथ पुरा हुन्छन् । यी सर्जिकल तथा नन–सर्जिकल प्रक्रियाहरुले सुधार गर्न सकिन्छ ।
तीजको आगमनसँगै महिलाहरू दर खाने कार्यक्रममा व्यस्त हुने गरेको देख्न सकिन्छ । यसरी दर खान जाँदा खानेकुरा तथा पानी स्वस्थ छ छैन ध्यान दिनुपर्छ । फोहोर पानी पिए स्वास्थ्यमा हानी हुन्छ । त्यस्तै गरी अस्वस्थकर तथा आवश्यकभन्दा बढी खाएमा फूड पोइजनिङ हुन सक्छ । 
– दर कार्यक्रम पार्टी प्यालेसमा राखिन्छ । त्यहाँको खाना पनि कत्तिको सफा छ हेर्नुपर्छ । जथाभावी खाना तथा पानी खाए झाडापखाला, टाइफाइड तथा हैजा समेत हुनसक्छ ।
– तीजका बेला महिलाहरू अघिल्लो दिन दर खाएर भोलिपल्ट निराहार व्रत बस्ने गर्छन् । कति महिला त पानी समेत नपिई निराहार व्रत बस्छन् । यसले स्वास्थ्यमा असर गर्छ ।
– निराहार व्रत बसेर घन्टौं लाइन बस्दा, नाचगान गर्दा शरिरमा भएको पानी पसिनाका रूपमा बाहिर निस्कन्छ । जसले गर्दा शरिरमा पानीको मात्रा कमी हुन गई डिहाइड्रेसन हुन्छ । यसले गर्दा कति महिला लाइन बस्दाबस्दै बेहोस हुने गरेका छन् ।
– त्यस्तै भोको बस्दा कतिपयलाई टाउको दुख्ने समस्या हुन्छ ।
– पानीको मात्रा कम भई पिसाबको संक्रमण भएर ज्वरो समेत आउन सक्छ ।
– मधुमेह, उच्च रक्तचापका बिरामी पनि व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ ।
– चाडपर्व मनाउने वहानामा आफ्नो स्वास्थ्यप्रति बेवास्ता गर्नुहुँदैन । त्यसैले बेला–बेलामा पानी पिउने, फलफूल खाएर व्रत बस्नुपर्छ । यसो गरेमा स्वस्थ जीवनसँगै चाडपर्वको मज्जा लिन सकिन्छ ।