Successfully Copied

व्रत बस्दा ख्याल गरौं

तीजको आगमनसँगै महिलाहरू दर खाने कार्यक्रममा व्यस्त हुने गरेको देख्न सकिन्छ । यसरी दर खान जाँदा खानेकुरा तथा पानी स्वस्थ छ छैन ध्यान दिनुपर्छ । फोहोर पानी पिए स्वास्थ्यमा हानी हुन्छ । त्यस्तै गरी अस्वस्थकर तथा आवश्यकभन्दा बढी खाएमा फूड पोइजनिङ हुन सक्छ

तीजको आगमनसँगै महिलाहरू दर खाने कार्यक्रममा व्यस्त हुने गरेको देख्न सकिन्छ । यसरी दर खान जाँदा खानेकुरा तथा पानी स्वस्थ छ छैन ध्यान दिनुपर्छ । फोहोर पानी पिए स्वास्थ्यमा हानी हुन्छ । त्यस्तै गरी अस्वस्थकर तथा आवश्यकभन्दा बढी खाएमा फूड पोइजनिङ हुन सक्छ । 

–    दर कार्यक्रम पार्टी प्यालेसमा राखिन्छ । त्यहाँको खाना पनि कत्तिको सफा छ हेर्नुपर्छ । जथाभावी खाना तथा पानी खाए झाडापखाला, टाइफाइड तथा हैजा समेत हुनसक्छ । 

–    तीजका बेला महिलाहरू अघिल्लो दिन दर खाएर भोलिपल्ट निराहार व्रत बस्ने गर्छन् । कति महिला त पानी समेत नपिई निराहार व्रत बस्छन् । यसले स्वास्थ्यमा असर गर्छ ।

–    निराहार व्रत बसेर घन्टौं लाइन बस्दा, नाचगान गर्दा शरिरमा भएको पानी पसिनाका रूपमा बाहिर निस्कन्छ । जसले गर्दा शरिरमा पानीको मात्रा कमी हुन गई डिहाइड्रेसन हुन्छ । यसले गर्दा कति महिला लाइन बस्दाबस्दै बेहोस हुने गरेका छन् । 

–    त्यस्तै भोको बस्दा कतिपयलाई टाउको दुख्ने समस्या हुन्छ । 

–    पानीको मात्रा कम भई पिसाबको संक्रमण भएर ज्वरो समेत आउन सक्छ ।

–    मधुमेह, उच्च रक्तचापका बिरामी पनि व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । 

–    चाडपर्व मनाउने वहानामा आफ्नो स्वास्थ्यप्रति बेवास्ता गर्नुहुँदैन । त्यसैले बेला–बेलामा पानी पिउने, फलफूल खाएर व्रत बस्नुपर्छ । यसो गरेमा स्वस्थ जीवनसँगै चाडपर्वको मज्जा लिन सकिन्छ । 

 Image