Successfully Copied

गालामा किस गर्नु स्वास्थ्यका दृष्टिले लाभदायक

कसैको बढुवा भयो, जागिर मिल्यो, अध्ययनमा सफलता प्राप्त भयो भने हात मिलाएर वा अंकमाल गरेर बधाई दिने चलन छ । यसो गर्नुभन्दा पनि गालामा चुम्बन गरेर बधाई दिनु उपयुक्त

कसैको बढुवा भयो, जागिर मिल्यो, अध्ययनमा सफलता प्राप्त भयो भने हात मिलाएर वा अंकमाल गरेर बधाई दिने चलन छ । यसो गर्नुभन्दा पनि गालामा चुम्बन गरेर बधाई दिनु उपयुक्त हुने कुरा एउटा अन्तर्राष्ट्रिय अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । अनुसन्धानकर्ताहरूका अनुसार हात मिलाउने क्रममा कतिपयको हात फोहोर हुनसक्छ । फलस्वरूप हात नधोई खानेकुरा खाँदा कीटाणुको संक्रमण हुने सम्भावना रहन्छ । हातबाट कीटाणु फैलन सजिलो हुन्छ । त्यसैले पनि हात मिलाएर बधाई दिनुभन्दा चुम्बन गरेर बधाई दिनु स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक हुन्छ । 

 Image